क्रान्तिकारी सेक्यूरिटी संगठनको पाचौं राष्ट्रिय सम्मेलन सम्पन्न

 

काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ अन्तर्गत रहेको पेसागत संगठन अखिल नेपाल क्रान्तिकारी सेक्यूरिटी संगठनको पाचौं राष्ट्रिय सम्मेलन कष्ण चौधरीको अध्यक्षता र महासङ्घको संयोजक अमर झाक्रीको प्रमुख अतिथ्मा सम्पन्न भएको छ । बिहीबार सम्पन्न भएको सम्मेलन कार्यक्रमको अध्यक्षतासमेत गरेका कृष्ण चौधरीको नेतृत्वमा ९ सदस्यीय पछि थप्ने गरी ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ । कार्यसमितिमा उपाध्यक्ष अम्बिका राई, महासचिव भुवन बिसी, सचिव सहदेव विक, कोषाध्यक्ष हरि थापामगर सदस्यहरु दिपक दहाल, सुरेन्द्र खड्का, कृष्णराज दङगोल, सोभीराम भुसाल, रामु चौधरी, अमृत साप्कोटा र मित्रलाल विक छन् । कार्यक्रम सञ्चालन सहदेव विकले गरेका थिए ।
२०७४ चैत १६ गते अपरान्ह ६ : २५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :