दलाल राज्य सत्ताका मतियारहरु कथित शान्ति, सुरक्षा, महिला अधिकारको भ्रम आम महिलाहरुमा छन् – आस्था

 

आस्था शाही रुचाल / पोखरा : अबोध छात्रा गौरिकला रोकायलाई ट्राफिक प्रहरी हरि कोइरालाले बीभत्स हत्या गरेको विरुद्ध हाम्रो संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिती, कास्कीको छात्रा विभाग द्वारा आयोजना गरिएको विरोध प्रदर्शन पोखरा मानवअधिकार चोक चिप्लेढुङ्गाबाट सुरु भएको ¥याली पोखरा पृथ्वीनारायण क्याम्पसमा पुगेर कोणसभा सम्पन्न भएको थियो । सभालाई सम्भोधन गर्दै अखिल (क्रान्तिकारी) जिल्ला सचीव तथा छात्रा विभाग इन्चार्ज कमरेड आस्था नेपालीले घटनाको छानबिन गरी दोषीलाई कारबाहीको माग राखेकी छन् । विगत २÷३ हप्तादेखि यस्ता घटना भएको प्रति संगठनको विशेष ध्यानाकर्षण भएको जानकारी गराएकी छन् । दलाल राज्य सत्ताका मतियारहरु कथित शान्ति, सुरक्षा, महिला अधिकारको भ्रममा नपर्न आम विद्यार्थी छात्राहरु लाई अपिल गरेकी नेपालीले यस्ता घटनाको विरुद्ध आफुहरु सदा आन्दोलन र संघर्षमा जाने चुनौतीसम्म दिएकी छन् । सभालाई सम्बोधन गर्दै छात्रा विभागकी प्रमुख निरुता विकले महिलाहरु एक जुट भएर अगाडी बढ्न र महिला हिंसाको विरुद्ध आन्दोलन गर्न र सडकमा उत्रिन जरुरी बताएकी छन् । नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिति, कास्कीको छात्रा विभाग सक्रिय रहेको जानकारी दिदै कार्यक्रमको सञ्चालन छात्रा विभाग उप–प्रमुख कमला परियारले गर्नु भएको थियो ।

२०७४ चैत १६ गते अपरान्ह ५ : ४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :