दुई दर्जनभढि एनसेलको टावरमाथि आगजनी

 

काठमाडौँ : देशैभरीका विभिन्न जिल्लामा रहेका एनसेलको टावरमाथि अज्ञात समूहले आगजनी गरेको छ । केही महिना अगाडी मात्र नेकपाले राज्यलाई तिर्नुपर्ने अर्बौ राजस्व एनसेलले नतिरेको र पटक–पटक तिर्न आग्रह गर्दापनि तिर्न अटेर गरेपछि देशैभरी उक्त टावरमाथि कारबाही गरेको थियो । यसैबीच मेचिमा एनसेलका ३ वटा टावर ध्वस्त भएका छन् । ताप्लेजुङ्गको सिदिङ्गबा, इलाम,  मोरङ, सप्तरीको खडकपुर ४ मा र झापाको बुद्धशान्तिमा रहेको टावरमा आगजानी गर्दा टावरमा रहेको जेनेटर र अन्य उपकरण जलेर नस्ट भएको छ ।

झापा

मेची बाहेकका दर्जनौ जिल्लामा एकसाथ एनसेलमाथि आक्रमण भएको हो । यसैबीच सिन्धुली गाउँपालिका वडा ७ मा रहेको एनसेलको टावरमाथि आक्रमण भएको छ । बिहीबार बेलुका आक्रमण भएको हाम्रा संवाददाताले बताएका छन् । यसैगरी खोटाङ लामिडाँडा गाउँपालिका २, मौरीडाँडाको जंगलमा पनि एनसेलको टावर पुर्ण रुपमा ध्वस्त भएको हाम्रा संवाददाताले जानकारी दिएका छन् । यसैबीच सर्लाही जिल्लाको हरिपुर नपा ८ मा रहेको एनसेलको टावरमा कारबाही गरेको समाचार प्राप्त भएको छ । यसैबिच बिहीबारै राती रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, रोल्पा, लम्जुङ, अर्घाखाँची, म्याग्दी, कास्की र नवलपरासीलगायतका जिल्लामा रहेका एनसेल टावरहरुको टावरमा आक्रमण गरेको हो । आगजनी गर्दा कपिलवस्तुको विजयनगर गाउँपालिका जुटपानिमा र बाणँगगा नगरपालिका जिनउमा रहेका २ एनसेल टावरमा पूर्ण रुपमा ध्वस्त भएको बताइएको छ ।

कास्की

यसैबीच रुपन्देहीको रुद्रपु, स्याङ्जाको विर्घामा, पाल्पाको माथगढी, गुल्मीमा रहेको टावर, बागलुङको कोठेखोलालगायत जिल्लामा रहेको टावरमा कारबाही गरेको छ । एनसेलका टावरमा कारबाही भएपछि त्यस क्षेत्रमा सेवा अवरुद्ध भएको छ । घटनाको जिम्मा अहिलेसम्म कसैले लिएको छैन । एनसेलले अझै राज्यलाई ३२ अर्बभन्दा बढी कर तिर्न बाँकी छ  भने  ग्राहकसँग चर्को मुल्य लिने, यहाँ कमाएको रकम विदेश लगेको जस्ता  काम गर्दै  अाइरहेकाे छ ।
२०७४ चैत १६ गते मध्यान्न १२ : ४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :