एनसेल टावरमाथि आक्रमण तीव्र

 

 

  काठमाडौँ : सिन्धुली गाउँपालिका वडा ७ मा रहेको एनसेलको टावरमाथि आक्रमण भएको छ । बिहीबार बेलुका आक्रमण भएको हाम्रा समाचारदाताले बताएका छन् । यसैगरी खोटाङ लामिडाँडा गाउपालिका २ मौरी डाँडाको जंगलमा पनि एनसेल टावर पुर्ण रुपमा ध्वस्त भएको हाम्रा संवाददाताले जानकारी दिएका छन्  । यसैबीच सर्लाही जिल्लाको हरिपुर नपा ८ मा रहेको एनसेलको टावरमा आगजनी गरेको समाचार प्राप्त भएको छ । घटनाको जिम्मेवार अहिलेसम्म कसैले लिएको छैन । 
२०७४ चैत १५ गते बेलुका १०: १५मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :