नेकपाका जिल्ला नेता गिरफ्तार / रिहाइ नगरे सशक्त संघर्ष गर्ने

काठमाडौँ : नेपाल कम्यनिस्ट पार्टी जिल्ला समिति नुवाकोटका सदस्य विन्तोष सिलवाललाई प्रहरीले बुधबार गिरफ्तार गरेको छ । सिलवाललाई नुवाकोटको विदुर नगरपालिका बटारबाट पत्रकार सम्मेलन गर्ने क्रममा प्रहरीले गिरफ्तार गरेको हो । ताम्सालिङ स्वायत्त प्रदेश अन्तर्गतको जनपरिषदद्वारा आयोजित जनताको जनजीविकाको सवाललाई लिएर पत्रकार सम्मेलन भैरहेको अवस्थामा पक्राउ गरिको हो । पत्रकार र मनवअधिकारकर्मीहरुको माझबाट कार्यक्रम स्थलबाटै बिनाकारण गिरफ्तारी गरेकोप्रति नेकपा नुवाकोटले गम्भीर आपत्ति जनाएको छ । बुधबारै नेकपा नुवाकोटका इन्चार्ज सविता तामाङले प्रेस विज्ञप्ति जारी गर्दै सरकारको यस्तो कार्यप्रति घोर विरोध तथा भत्र्सना गरेकी छन् । सिलवाललाई तत्काल बिनाशर्त रिहाइको माग गर्दै रिहाइ नगरिएमा तत्काल सशक्त संघर्षको कार्यक्रम घोषणा गर्न बाध्य हने पनि जारी विज्ञप्तिमा उल्लेख छ । उक्त परिस्थितिको जिम्मेवारी स्वयम जिल्ला प्रशासन हुने विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
२०७४ चैत १४ गते मध्यान्न १२ : २६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :