प्रचण्डको घरमा जनअदालतकाे पुर्जी

काठमाडौँ : केन्द्रीय जनअदालत रोल्पाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाममा उनको ललितपुरस्थित खुमलटारमा रहेको निवास र भरतपुर नगरपालिका वडा नं. १४ शिव नगर चितवनमा पुर्जी काटेको खबर प्राप्त भएको छ । रातोखबरलाई प्राप्त समाचारअनुसार माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा पनि उक्त पुर्जी टाँसिएको छ । चिठीमा भनिएको छ–“मुक्तिराम दाहालको छोरा चितवन जिल्ला भरतपुर नगरपालिका वडा नं. १४ शिव नगर स्थायी ठेगाना भई हाल ललितपुर जिल्ला खुमलटार बस्ने तपाई पुष्पकमल दाहाल ‘प्रचण्ड’का विरुद्धमा केन्द्रीय जनअदालत, रोल्पामा निम्न उल्लेखित मुद्दाहरु परेको हुँदा सो सम्बन्धममा आवश्यक अनुसन्धान भइरहेको र तपाईसमेतलाई बुझ्नु पर्ने भएकोले यो सुचना प्राप्त गरेको वा सार्वजनिक स्थानमा टाँस भएको मितिले १५ दिनभित्र केन्द्रीय जनअदालत रोल्पामा उपस्थित हुनका लागि सुचित गरिन्छ । तोकिएको समयमा उपस्थित नभएमा केन्द्रीय जनपरिषद नेपालको नीति नियम अनुसार हुने कुराको जानकारी समेत गराइन्छ ।” यसरी चिठी टाँस गर्नुको ४ वटा कारणहरू पेश गरिएको छ । उक्त पत्रमा भनिएको छ ः
१. महान जनयुद्धको शान्ति प्रक्रियामा आएपछि क्रान्तिप्रति विश्वासघात गरेको, हतियार दुस्मनलाई बुझाएको र जनमुक्ति सेनालाई विगठन गरेको ।
२. माथिल्लो कर्णाली विद्युत आयोजना, अरुण तेस्रोलगायत विभिन्न सम्झौता भारतीय कम्पनीहरुसँग गर्ने गराउने कार्यमा संलग्न रही र राष्ट्रहित विरुद्ध कार्य गरेको ।
३. कथित स्थानीय निकायको चुनावमा कालीकोट जिल्लाको माल्कोटमा स्थानीय धनरुप बटाला र कैलालीका चन्द्रबहादुर सिंह ‘सन्राइज’समेतको हत्यामा गोली चलाउन आदेश दिनु भन्ने निर्देशन गरेको ।
४. २०७४ चैत ५ गते नेकपाका कोशी ब्युरोका इन्चार्ज किरणराईलगायत थप्रै नेताहरुलाई बिनाकारण गिरफ्तार गरी थुनामा राखेको । उत्तः पत्रमा केन्द्रीय अदालतको तर्फबाटप्रकाशद्वारा हस्ताक्षर गरिएको छ ।
२०७४ चैत १५ गते बिहान ११ : २३ मा प्रकशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :