नयाँ आर्थिक नीति

राजनीतिक शिक्षा विभागका कामहरू १७ अक्टुबर, अखिल रसियाली कङ्ग्रेसमा पेस गरिएको राजनीतिक शिक्षा विभागको रिपोर्ट १९२१

अनुवादक : भगवानचन्द्र ज्ञवाली

सन् १९२१ मा लेनिनको नेतृत्वमा तत्कालिक सोभियत संघमा नयाँ आर्थिक नीति ९त्जभ लभध भअयलयmष्अ उयष्अिभ(ल्भ्ए० लागु भएको थियो । उक्त नयाँ आर्थिक नीतिका बारेमा कमरेड लेनिनले १९२१ अक्टोवर २७ का दिन अखिल रसिया राजनीतिक शिक्षा विभागहरुको दोस्रो महाधिवेशनमा लामो प्रवचन दिनुभएको थियो । यसै नयाँ आर्थिक नीतिलाई सोभियत संघको समाजवादी अर्थनीतिका रुपमा बुझिने गरिएको छ । नेपालमा अहिले समाजवादी राज्य प्रणालीको बहस भइरहेको छ । यसै सन्दर्भमा समाजवादी अर्थ व्यवस्थाभित्र आर्थिक नीति कस्तो हुन्छ भन्ने बारेमा जानकारी राख्नका लागि उपयुक्त ठहरिएकाले डा.भगवानचन्द्र ज्ञवालीद्वारा नेपालीमा भाषान्तरण गरिएको उक्त भाषणलाई नियमित रुपमा प्रकाशन गर्ने भएका छौ । – सम्पादक

ग्रामीण जिल्लाहरूमा अतिरिक्त खाद्य छुट्याएर राख्ने कम, यस ग्रामीण विकासको प्रत्यक्ष साम्यवादी पद्धतिले उत्पादक शक्तिका वृद्धिलाई अवरोध ग¥यो र सन् १९२१ का वसन्तसम्ममा हामीले अनुभव गरेको गम्भीर आर्थिक तथा राजनीतिक सङ्कटको मुख्य कारणका रूपमा प्रमाणित भयो । त्यसैकारण हामीले कदम चाल्नुप¥यो जसबाट हाम्रो विचार, हाम्रो नीतिका दृष्टिले, त्यसलाई ज्यादै गम्भीर हार र पश्चगमनभन्दा अरू केही भन्न सकिँदैन । अझ यस पश्चगमनलाई लालसेनाको पश्चगमनजस्तै पहिलेदेखि नै तयार गरिएको अवस्थाको एउटा पूर्ण व्यवस्थित पश्चगमन भन्न सकिँदैन । सही हो हाम्रो वर्तमान पश्चगमनका लागि त्यो अवस्था समयपूर्व नै तयार गरिएको थियो । हाम्रा पार्टीले सन् १९२१ का वसन्तमा ग्रहण गरेका निर्णयलाई सन् १९१८ मा ग्रहण गरिएको निर्णयसँग तुलना गरे प्रमाणित गर्न सकिन्छ जसलाई मैले उल्लेख गरिसकेको छु । त्यो परिस्थिति पहिले नै तयार गरिएको थियो तर त्यो पश्चगमन यस्तो अव्यवस्थित परिस्थितिमा, अझ चरम अव्यवस्थामा घट्यो (र अझै पनि देशका धेरै भागमा घटित हुँदैछ) ।

नयाँ आर्थिक नीतिको तात्पर्य

यहाँ राजनीतिक शिक्षा विभागको यससँगको लडाइँ सबैभन्दा अग्रस्थानमा आउँछ । नयाँ अर्थनीतिका प्रकाशमा मुख्य समस्या भनेको परिस्थितिबाट लाभ उठाउनु हो जुन परिस्थिति सम्भवतः ज्यादै तीव्र गतिमा तयार भएको छ । नयाँ आर्थिक नीतिको अर्थ खाद्य अधिकारले कर प्रतिस्थापन गर्न हो । त्यसको अर्थ कुन सीमिासम्म भन्ने थाहा नभए पनि निश्चित सीमासम्म पुँजीवादलाई फर्काउनु हो विदेशी पुँजीपतिहरूलाई सुविधा (सही, विशेषतः हामीले स्वीकार गरेका सङ्ख्याका तुलनामा धेरै कम स्वीकार गरिएको छ) र उद्योगहरूलाई निश्चयतः निजी पुँजीपतिहरूलाई भाडामा दिनुको अर्थ पुँजीवादमा फर्कनु हो यो नयाँ अर्थनीतिको अनिवार्य भाग हो । अतिरिक्त खाद्य एकत्रित गर्ने प्रक्रियाको उन्मूलनको अर्थ किसानहरूलाई आफ्ना कृषि उत्पादनको, कर सङ्कलन गरिसकेपछि जेजति बाँकी रहन्छ त्यसको स्वतन्त्र ढङ्गले व्यापार गर्न छूट दिनु हो र करले त्यस उत्पादनको निकै न्यून अंश मात्र लिन्छ । किसानहरू हाम्रो जनसङ्ख्याको अत्यधिक भाग र हाम्रो समग्र अर्थतन्त्रको ठूला भाग ओगट्छन् र त्यसै कारणले पुँजीवाद मुक्त व्यापारको यस जगबाट उखेलिनुपर्छ । त्यही नै अर्थशास्त्रको कखरा हो जो त्यस विज्ञानका प्रारम्भिक नियमले सिकाएको र त्यसअगाडि रसियामा नाफाखोरले, त्यस्तो प्राणी जसलाई हामीलाई अर्थशास्त्रबारे सिकाउन आर्थिक वा राजनीतिक विज्ञानको आवश्यकता नै छैन । रणनीतिक दृष्टिकोणले मूल प्रश्न हो ः नयाँ परिस्थितिको फाइदा पहिले कसले लिने ? समग्र प्रश्न हो ः किसान वर्गले कसको अनुसरण गर्ला ? सर्वहारा वर्ग, जसले समाजवादी समाज निर्माण गर्न चाहन्छ ? वा पुँजीपति जसले भन्छ ः पछि फर्काैँ, त्यो बाटो सुरक्षित छ । उनीहरूले आविष्कार गरेको समाजवादबारे हामी केही पनि जान्दैनौँ । सोभियत शक्तिले कि पुँजीवादी कसले जित्ला ? वर्तमान युद्धको विषय हो– कसले जित्ला ? परिस्थितिबाट कसले फाइदा लेला ? पुँजीपतिले जसलाई हामी ढोकाबाट भित्र आउन अनुमति दिन्छौँ र अनेक ढोकाबाट (र थुप्रै ढोकाबाट जसबारे हामी सचेत छैनौँ र जो हामीबिना नै हाम्रा सट्टा खुला छ) वा सर्वहारा राज्यशक्तिले ? पछिल्लो जसमाथि आर्थिक रूपले भर पर्नसकिन्छ । एकातिर जनताको सुधारिएको अवस्था । यस सन्दर्भमा हामीले किसानहरूलाई स्मरण गर्नुपर्छ । यो एकदमै खण्डनयोग्य छैन र सबैलाई थाहै छ अनिकालको भयानक सङ्कटका बाबजुद र केही क्षणका लागि त्यस सङ्कटलाई गणना गर्न छोडौँ भने जनताका अवस्थामा भएको सुधार हाम्रो आर्थिक नीतिमा भएको परिवर्तनका कारण हो ।

अर्कातिर पुँजीवादले यसबाट फाइदा लिन्छ भने पनि औद्योगिक उत्पादन बढ्नेछ र सर्वहारा पनि बढ्नेछन् । पुँजीपतिले हाम्रो नीतिबाट लाभ लिनेछन् र औद्योगिक सर्वहारा निर्माण गर्नेछन्, हाम्रा देशमा जो निराशाजनक गरिबी र विनाशका कारण अनि युद्धका कारणले वर्गरहित भएको छ जसको अर्थ आफ्नो वर्ग खाडलबाट निर्बास गरिएको र जो सर्वहारा वर्गका रूपमा अस्तित्वमा रहेको छैन भन्ने हो । । सर्वहारा त्यो वर्ग हो जो ठूलो परिमाणका पुँजीवादी उद्योगहरूमा वस्तुको भौतिक मूल्य सिर्जना गर्नमा समर्पित छ । ठूलो परिमाणका पुँजीवादी उद्योगहरू नष्ट गरिएदेखि र कारखानाहरू शान्त भएदेखि सर्वहारा वर्ग लोप भएको छ । कहिलेकहीँ यो तथ्याङ्कशास्त्रमा मात्र अङ्कित भएको छ तर यो वर्ग अझै पनि आर्थिक रूपले समेटिएको छैन । पुँजीवादको पुनस्र्थापनको अर्थ सर्वहारा वर्गको पुनस्र्थापन होला जो सामाजिक रूपले उपयोगी भौतिक मूल्य उत्पादनमा मेसिनहरू प्रयोग भएको ठूला उद्योगहरूमा संलग्न छन् नाफाखोरीमा हैन न बिक्रीका लागि सिकरेट लाइटर बनाउनमा, न अरू केनै काममा जो बढी उपयोगी छैनन् तर जो जब हाम्रा उद्योगहरू विनाशका द्वारमा पुग्छन्, अपरिहार्य छ ।

युद्ध कसले जित्ला पुँजीवादीले वा सोभियत शक्तिले ?

समग्र प्रश्न नेतृत्व कसले लेला भन्ने हो जो सिरानमा आइपुग्छ । त्यस समस्यालाई हामीले चारैतिरबाट सामना गर्नुपर्छ । के पुँजीवादीहरू पहिले सङ्गठित हुन सफल होलान् त्यस अवस्थामा तिनीहरूले कम्युनिस्टहरूलाई धपाउनेछन् र त्यो यसको अन्त्य हुनेछ । अथवा सर्वहारा वर्गीय राज्यशक्ति किसान वर्गको समर्थनमा ती पुँजीपति ठूलाबडामाथि उचित शासन स्थापित गर्न योग्य प्रमाणित हुनेछन् । यसर्थ राज्यसोपानभित्र पुँजीवादलाई निर्देशित गर्न र पुँजीवाद निर्माण गर्न जो राज्यप्रति आश्रित हुनेछ र जसले राज्यको सेवा गर्नेछ । प्रश्न गम्भीर रूपले राखिनुपर्छ । यो सबै विचारधारा, राजनीतिक स्वतन्त्रताका यी सबै तर्कहरू जसका बारेमा हामीले यति धेरै सुनिरहेका छौँ विशेषतः रसियाली जनतामाझ, २ नं. रसियामा जहाँ सबै राजनीतिक पार्टीहरूले निष्कासन गर्ने दैनिक समाचारपत्रले हरेक साँचामा र हरेक तरिकाले प्रशंसा गर्छन् । यी सबै कुरा मात्र हुन् खालि शब्दजाल मात्र हुन् । हामीले यस्तो शब्दजाल बुनाइको उपेक्षा गर्नुपर्छ ।

लडाइँ अझ भयानक हुनेछ

गत चार वर्षमा हामीले धेरै निकै कठिन लडाइँहरू लडेका छौँ र हामीले के सिकेका छौँ भने कठोर लडाइँ लड्नु एउटा कुरा हो र तिनका बारेमा कुरा गर्नु अर्काे कुरा । केही दर्शकहरू खास गरेर मजा लिन्छन् । हामीले यस विचारलाई यस किचकिचलाई उपेक्षा गर्न सिक्नुपर्छ र कुराको सारलाई हेर्नुपर्छ । अनि सार के हो भने लडाइँ हामीले कोलचार र डेनिकिनका विरुद्ध सञ्चालन गरेको भन्दा अझ बढी निराशाजनक र भयानक हुनेछ । त्यो लडाइँ अलिकति भए पनि हामी परिचित भएको युद्ध थियो । त्यस्ता युद्धहरू सयौँ वा हजारौँ वर्षका भएका छन् । मानव हिंसाको त्यस कलामा धेरै प्रगति भएको छ ।

हो, झन्डै हरेक भूमिपतिले आफ्ना मुख्य कार्यालयमा समाजवादी क्रान्तिकारी र मेन्सेभिकलाई पाल्छ जो जनताका सरकारका बारेमा, संविधानसभाका बारेमा र सबै स्वतन्त्रता खोसिएका बोल्सेभिकहरूका बारेमा खुलै कुरा गर्छन् ।

अहिले हाम्रा सामुन्ने रहेका समस्याहरूभन्दा वास्तवमा युद्धका समस्या समाधान गर्न सजिलो थियो । युद्धका समस्याहरू हमला, आक्रमण र साहसवादबाट समाधान गर्न, किसान र श्रमिकहरूको समूहगत शारीरिक शक्ति मात्रबाट समाधान गर्न सकिन्छ जसले भूमिपतिका औजारहरू तिनकै विरुद्ध तेस्र्याउँछन् । अहिले स्वीकृत भूमिपतिहरू छैनन् । केही रेङ्गहरू, कोलचाकहरू र डेनिकिनहरू निकोलास रोमाबोभ (जार) को बाटो लागेका छन्, केहीले विदेशमा शरण मागेका छन् । जनताले पहिलेजस्तै भूमिपति र पुँजीपति नामका खुला शत्रु देख्न छोडेका छन् । शत्रु आपूmहरूजस्तै हुन्छ भन्ने ऊ हाम्रै बीचमा छ भन्ने आफ्नै अनुहार हेरेर जनता भन्न सक्दैनन् । क्रान्ति अग्लो चट्टानका किनारमा छ जहाँ पहिलेका सबै क्रान्तिहरू पुगेका थिए र जहँबाट मोडिएका थिए । तिनीहरू आफ्नो निरक्षरता र अज्ञानताका कारण त्यसलाई चित्रित गर्न सक्दैनन् । विशिष्ट साधनद्वारा यस निरक्षरतालाई उन्मूलन गर्न सबै प्रकारका विशिष्ट आयोगहरूलाई कति समय लाग्ला, यो भन्नै गाह्रो छ ।

जनताले कसरी जानून्, कोलचाक, रेङ्गल र डेनिकिन जो हाम्रै बीचमा छन् तिनैले विगतका हाम्रा सबै क्रान्तिलाई कुल्चिदिएका थिए भन्ने ? पुँजीवादीहरूले हात माथि पार्नसके भने पुरानो राज्यव्यवस्था फिर्ता हुनेछ । जो विगतका सबै क्रान्तिहरूका अनुभवबाट प्रस्ट भइसकेको छ । हाम्रो पार्टीले जनसमूहलाई हाम्राबीचको शत्रु अराजक पुँजीवाद र अराजक वस्तु विनिमय हो भन्ने महसुस गराउनुपर्छ । हामी आफैँले स्पष्टतः के देख्नैपर्छ भने यस सङ्घर्षको विषय हो ः कसले जित्ला ? हात माथि कसले पार्ला ? अनि हामीले किसान र मजदुरहरूको सबैभन्दा ठूला समूहलाई स्पष्टतः देखाउनुपर्छ । सर्वहारा वर्गको अधिनायकत्व नै समग्र दुनियाँका विरुद्ध, हामीले सञ्चालन गर्ने कठोरतम र सबैभन्दा भयानक क्रान्ति हो किनभने कोलचाक र डेनिकिनलाई समर्थन गर्ने त्यो समग्र दुनियाँ हाम्राविरुद्ध थियो ।

अहिले समग्र संसारको बुर्जुवा वर्गले रसियन बुर्जुवा वर्गलाई समर्थन गरिरहेको छ र तिनीहरू हामीभन्दा पनि अझै पनि बढी बलिया नै छन् । तथापि त्यसले हामीलाई पीडादायी अवस्थामा फ्याँक्दैन । तिनको सैन्यशक्ति हाम्रोभन्दा बलियो थियो । यद्यपि हामीभन्दा हातहतियार र हवाई क्षेत्रमा अतुलनीय ढङ्गले श्रेष्ठ हुँदाहुँदै पनि र त्यसो गर्न तिनीहरूलाई धेरै सजिलो थियो । तैपनि युद्धमा तिनीहरू हामीलाई कुल्चिन असफल भए । कुनै पुँजीवादी राज्यले जो हामीसँग लडिरहेका थिए बेलैमा आफ्ना केही सैन्य फौज परिचालन गर्न सकेका भए र तिनीहरूले अनिच्छापूर्वक कोलचाकलाई करोडौँको स्वर्णमुद्राको ऋण नलिएका भए सायद तिनीहरूले हामीलाई कुल्चिदिन्थे होला ।

तथापि तिनीहरू असफल भए किनभने ती साधारण बेलायती सिपाहीहरू जो अर्चाङ्गेल आए र ती नाबिकहरू जसले फ्रान्सेली युद्धपोतलाई उडिसाबाट फिर्ता जान बाध्य पारे तिनीहरूले तिनका शासकहरू गलत थिए र हामी सही थियौँ भन्ने महसुस गरे । अहिले पनि हामी हाम्रो सेनाभन्दा बलशाली सेनासँग जोडिएका छौँ र यस युद्धलाई जित्न हामी हाम्रा शक्तिको अन्तिम स्रोतसँग निर्भर हुनैपर्छ । शक्तिको त्यो अन्तिम स्रोत भनेको किसान र मजदुरहरूको समूह, तिनीहरूको वर्गसञ्चेतना र सङ्गठन नै हो ।

कि त सङ्गठित सर्वहारा वर्गीय शक्ति, सचेत श्रमिकहरू र सचेत किसानहरूको एउटा सानो भागले यसलाई बुझ्नेछ र आफ्ना वरिपरिको जनताको आन्दोलनलाई सङ्गठित गर्न सफल हुनेछ जुन कुरामा हामी विजयी हुनेछौँ अथवा हामी त्यसो गर्न असफल हुनेछौँ जुन कुरामा प्राविधिक रूपले सक्षम शत्रु पक्षले हामीलाई अनिवार्यतः हराउनेछ ।
क्रमशः
स्रोत : रातोे खबर साप्ताहिक
२०७४ चैत १४ गते अपरान्ह ४ : ३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :