ओलीको घरमा पुर्जी !

काठमाडौँ : केन्द्रीय जनअदालत रोल्पाले प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी(एमाले) का अध्यक्ष खड्गप्रसाद ओलीको नाममा उनको बालकोटस्थित निवास र झापाको दमक स्थित निवासमा पुर्जी काटेको सूचना प्राप्त भएको छ । रातोखबरलाई प्राप्त समाचारअनुसार एमालेको केन्द्रीय कार्यालय धुम्बाराहीमा पनि उक्त पुर्जी टाँसिएको छ । चिठीमा भनिएको छ–“मोहनप्रसाद ओलीको छोरा झापा स्थायी ठेगाना भई हाल भक्तपुर जिल्ला, सूर्यविनायक नगरपालिका वडा नं. २ बाल्कोट बस्ने तपाईं खड्गप्रसाद ओलीका विरुद्धमा केन्द्रीय जनअदालत, रोल्पामा निम्न उल्लिखित मुद्दाहरू परेको हुँदा सो सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको र तपाईंसमेतलाई बुझ्नुपर्ने भएकोले यो सूचना प्राप्त गरेको वा सार्वजनिक स्थानमा टाँस भएको मितिले १५ दिनभित्र केन्द्रीय जनअदालत रोल्पामा उपस्थित हुनका लागि सूचित गरिन्छ । तोकिएको समयमा उपस्थित नभएमा केन्द्रीय जनपरिषद् नेपालको नीति नियमअनुुसार हुने कुराको जानकारीसमेत गराइन्छ ।” यसरी चिठी टाँस गर्नुको २ वटा कारणहरू पेश गरिएको छ । उक्त पत्रमा भनिएको छ :
१. २०७४ फागुन ६ गते विराटनगरमा हुन लागेको राष्ट्रिय युवा जनस्वयमंसेवकको सार्वजनिक कार्यक्रममा मोरङ विराटनगरतर्फ जाँदै गर्दा नेकपाका नेताहरू हेमन्तप्रकाश ओली ‘सुदर्शन’ एवं पद्म राई र पार्टीसम्बद्ध थुप्रै युवाहरूलाई विराटनगरमा गिरफ्तार गरी झुट्टा मुद्दा लगाएको ।
२. २०७४ चैत ५ गते नेकपाका कोशीब्युरोका इन्चार्ज किरण राईलगायत थुप्रै नेताहरूलाई बिनाकारण गिरफ्तार गरी धनकुटामा थुनामा राखेको ।
उक्त पत्रमा केन्द्रीय अदालतको तर्फबाट प्रकाशद्वारा हस्ताक्षर गरिएको छ ।
२०७४ चैत १३ गते अपरान्ह ७ : ४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :