गलैँचा मजदुरको राष्ट्रिय सम्मेलन सम्पन्न

अम्बिका चन्द / काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घको घटक संघ अखिल नेपाल क्रान्तिकारी गलैंचा मजदुर संघको छैटौं राष्ट्रीय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । मंगलबार सम्पन्न सम्मेलनले बुमुरा कोर्मोचाको अध्यक्षतामा २१ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको छ, जसको उपाध्यक्ष्मा विशाल सुब्बा, महासचिवमा महेश लामा र सचिवमा रमेश थापा चयन भएका छन् । यस्तै, सदस्यहरू कमल धिमाल, राजकुमार मगर, विजय घिसिङ्ग, शिवराज लामा, उमेश घलानलगायत छन् । सम्मेलनमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका केन्द्रीय संयोजक अमर झाक्री प्रमुख अतिथिको रूपमा उपस्थित थिए भने गोकुल, देव विक, विजय र नारायाण तोलाङ्गेले सम्मेलन सफलताको शुभकामना दिएका थिए ।
२०७४ चैत १३ गते अपरान्ह ४ : ५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :