अखिल (क्रान्तिकारी) द्वारा संघर्षका कार्यक्रम घोषणा

 

अम्बिका चन्द / काठमाडौँ  : नेकपानिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले ९ दिने बुँदे संघर्षको कार्यक्रम घोषणा गरेको छ । मंगलबार काठमाडौँको संंवादडबलीमा पत्रकार सम्मेलन गरी शैक्षिक माफियाहरू लक्षित संघर्षका कार्यक्रम घोषणा गरेको हो । फागुन २७–३० सम्म दाङको घोराहीमा सम्पन्न २१ औँ राष्ट्रिय सम्मेलनबाट लिइएको निर्णयलाई सार्वजनिक गर्न अखिल (क्रान्तिकारी) ले पत्रकार सम्मेलनको आयोजना गरेको थियो । पत्रकार सम्मेलनमा नवनिवार्चित अध्यक्ष चिरञ्जीवि ढकालले अहिलेसम्म राज्यसत्ताले जनताको मौलिक हकको रूपमा रहेको शिक्षालाई केही शैक्षिक दलाल र माफियाको स्वार्थमा परेर निजीकरण गर्दै नागरिकलाई शिक्षा महंगो मूल्य तिरेर खरिद गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना गरेको भन्दै त्यसको सट्टा वैज्ञानिक शिक्षा प्रणाली देशमा लागू गराउन अखिल क्रान्तिकारीको नेतृत्वमा सम्झौताहीन शैक्षिक आन्दोलन सुरु गर्ने निर्णय भएको जानकारी दिए ।
पत्रकार सम्मेलनमा वितरित घोषणा पत्रअनुसार अखिल क्रान्तिकारीले चैत १४ देखि २४ गतेसम्म देशव्यापी रूपमा सरोकारवालासँग छलफल र अन्तक्र्रिया गर्ने, चैत २५ गते शिक्षा मन्त्रालयदेखि तल्लो तहसम्मका शैक्षिक र सम्बन्धित निकायहरूमा मागपत्र बुझाउने र चैत २७ गतेबाट चरणवद्ध शैक्षिक आन्दोलनका कार्यक्रमहरू संचालन गर्नेछ । पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको कार्यक्रमअनुसार चर्को शुल्क लिने र बर्सेनि भर्ना गराउने विद्यालय निजी विद्यालयलाई बढी निशानामा राखिने जनाइएको छ । विदेशीबोर्डको हवाला दिई अनुमतिबिना संचालितक लेजविरुद्ध, विश्वविद्यालयको शिक्षामा विदेशी लगानी गर्न नदिने र विगतमा प्याब्सन, एनप्याब्सन, शिक्षा विभाग, मन्त्रालय, जिल्ला शिक्षा कार्यालयलगायतसँग भएका सम्झौता कडाइपूर्वक कार्यान्वयन गराउन संघर्ष केन्द्रित गरिने अध्यक्ष ढकालले पत्रकार सम्मेलनमा जानकारी दिए ।
२०७४ चैत १३ गते अपरान्ह ४ : ३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :