होटेल मजदुर संघको राष्ट्रिय सम्मेलन

काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन सङ्घका संयोजक अमर झाक्रीले आफ्नो मुक्तिको लागि सम्पूर्ण मजदुरहरुले संघर्षमा उत्रनु पर्ने बताएका छन् । सोमबार काठमाडौँमा भएका अखिल नेपाल क्रान्तिकारी होटेल तथा मजदुर सङ्घको छैटौं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै यस्तो कुरा बताएका हुन् । सम्मेलनले टेक प्रधानको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिहरु उपाध्यक्ष ईश्वर श्रेष्ठ, महासचिव अनिता कार्की, सचिव प्रविन अधिकारी, सहसचिव शंकर अधिकारी, कोषाध्यक्ष प्रेमप्रतिक मगर, सदस्यहरुमा विश्वनाथ पुलामी, केदार थापा, राजकुमार देउला, रविन थापालगायत छन् सम्मेलनले पछि देशैभरीबाट सदस्यहरु थप्ने निर्णय पारित गरिएको छ । अध्यक्षतासमेत गरेका टेक प्रधानले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेको, शंकर अधिकारीले सञ्चालन गरेको कार्यक्रममा ईश्वर क्षेत्रीले स्वागत मन्तव्य राखेका थिए ।

२०७४ चैत १३ गते अपरान्ह ४ : ०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :