नेकपाका नेता विरहीलाई पितृशोक / नेकपाद्वारा श्रद्धाञ्जली

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा पूर्वी कमाण्ड इन्चार्ज विरही को बुबा प्रेम नारायण सापकोटाको ९१ वर्षको उमेरमा निधन भएकोप्रति नेकपाका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डले यस प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिनुभएको छ । उक्त प्रेस विज्ञप्तिमा बुबा प्रेम नारायाण सापकोटाप्रति भावपूर्ण श्रद्धाञ्जली पनि व्यक्त गरिएको छ । विज्ञप्तिमा भनिएको छ – ‘हाम्रो पार्टी केन्द्रीय समितिको पोलिट ब्युरो सदस्य तथा पूर्वी कमाण्ड इनचार्र्ज क.विरहीको बुवा प्रेम नारायण सापकोटाको ९१ वर्षको उमेरमा आज बिहान ४ः२५ बजे रत्न नगर – ५ चितवनमा निधन हुन पुग्यो । उहाँ विगत केही समयदेखि अस्वस्थताको सामना गरि रहनु भएको थियो । निधन हुनु भएका बुवा प्रेम नारायण सापकोटाप्रति हाम्रो पार्टी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । शोकमग्न क.विरही लगायत उहाँका सम्पूर्ण परिवार तथा आफन्तजनहरुप्रति पार्टी गहिरो समवेदना व्यक्त गर्दछ ।
बुवा प्रेम नारायण सापकोटाले पार्टी र क्रान्तिमा पु¥याउनु भएको योगदानको उच्च सम्मान गर्दै उहाँको क्रान्ति र परिवर्तनप्रतिको बाँकी आकाँक्षालाई पुरा गर्न हाम्रो पार्टी क्रान्तिको यात्रामा अविछिन्न अगाडि बढी रहने प्रतिवद्धता पनि व्यक्त गर्दछ ।’
२०७४ चैत १३ गते दिउँसो १ : ४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :