क्रान्तिकारी ट्रेड युनियन महासंघले गर्यो प्रथम जिल्ला सम्मेलन / अध्यक्षमा न्यौपाने

दोलखा : ‘दलाल संसदीय शत्तालाई खारेज गरौं, मजदुर मुक्तिका निम्ति चौतर्फी रुपले संघर्ष गरौं’ मुल नाराका साथ अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन जिल्ला महाँसंघ दोलखाको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा पूर्वी तामशालिङ ब्युरो इन्चार्ज जगतको प्रमुख आतिथ्यता,जिल्ला पार्टी इन्चार्ज यादव दहाल, अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महाँसंघ मध्य कमान्ड संयोजक गोकुल दहाल र पूर्वी तामशालिङ ब्युरो महासंघ संयोजक बिनोद थापालगायतको आतिथ्यता सम्पन्न सम्मेलनले सरोजप्रसाद न्यौपानेलाई अध्यक्षमा निर्वाचित गर्दै ११ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । कार्यसमितिहरु उपाध्यक्ष जित थामी, सचिव रमेश थामी, सदस्यहरुमा कृष्ण थापा, सुदर्शन भुजेल, सुजन मग्राती, बाबुराम थामी, किशन थामी, सरोज थामी, भीम तमाङ र राकेश श्रेष्ठ रहेका छन् ।नव निर्वाचित जिल्ला महासंघ दोलखाका अध्यक्ष न्यौपानेले १२९ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको तयारिमा समेत लागिरहेको बताएक छन् नवनिर्वाचिचत जिल्ला समितिलाई बधाई तथा शुभकामना दिदै ब्युरो संयोजक बिनोदले मजदुरले ब्यहोर्न परेका सबैखाले उत्पीडनको अन्त्यका निम्ति मजदुरले चौतर्फी प्रतिरोध गर्नुपर्ने र महाँसंघले त्यसको नेतृत्व गर्न तयार रहेको बताएका छन् ।


२०७४ चैत ११ गते अपरान्ह ७:२५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :