नेकपाका पूर्वी कमाण्ड इन्चार्ज विरहीद्वारा सम्पूर्ण पक्षलाई धन्यवाद / तत्काल गिरफ्तारीमा परेकालाई रिहाइ नगरे संघर्षमा जाने चेतावनी


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका पूर्वी कमाण्ड इन्चार्ज विरहीले पार्टीका केन्द्रीय एवं कोशी ब्युरो इन्चार्ज किरण राईसहित ८ जना नेता–कार्यकर्तालाई गरिएको गिरफ्तारीको विरुद्ध पार्टीद्वारा आह्वान गरिएको कोशी बन्द कार्यक्रम शानदार रुपले सफल भएको बताएका छन् । इन्चार्ज विरहीले संघर्षको पक्षमा सहयोग गर्ने सम्पूर्ण यातायात व्यावसाय, उद्यमी, व्यापारी, शैक्षिक क्षेत्र, न्यायका पक्षपाती, देशभक्त तथा प्रगतिशील जनसमुदायलाई हार्दिक बधाई प्रकट गरेका छन् । इन्चार्ज विरहीले आइतबार अपरान्न एक विज्ञप्ति जारी गर्दै आफ्ना नेताको रिहाइ र सरकारी ज्यादतीको विरुद्ध संघर्षमा उत्रने सम्पूर्ण कार्यकर्ता र सहयोगीहरूप्रति पार्टी लाल अभिवादन तथा धन्यवाद प्रकट पनि व्यक्त गरेका छन् । साथै, उहाँले ‘पार्टीका केन्द्रीय नेता राईसहित हिलेबजार र उहाँहरूको रिहाइका लागि भएको संघर्षमा गिरफ्तार गरिएका बाबुलाल पासवानसहित सम्पूर्ण नेता–कार्यकर्ता बिनासर्त रिहा नगरिए पार्टी थप संघर्षको चेतावनीसमेत दिन चाहन्छ ।’
२०७४ चैत ११ गते अपरान्ह ६ : ०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :