जनसांस्कृतिक महासंघ रुपन्देहीको भेला सम्पन्न

काठमाडौं :अखिल नेपाल जनसांस्कृतिक महासंघ जिल्ला समिति रुपन्देहीले जिल्ला भेला तथा सिर्जना–गोष्ठी सम्पन्न गरेको छ । भेलाले अनाम विद्रोहीको संयोजकत्वमा ९ सदस्यीय जिल्ला समिति गठन गरेको छ । भेलामा बोल्दै महासंघका केन्द्रीय सदस्य एवं लुम्बिनी व्युरो संयोजक खोमा तरामु मगरले जीवन विरोधी सांस्कृतिक साम्राज्यवाद विरुद्ध सर्वहारा सांस्कृतिक क्रान्तिको आदर्श, मूल्य र वैचारिक आलोकमा प्रतिरोधी सांस्कृतिक आन्दोलनलाई शसक्त ढंगले अगाडी बढाउनुपर्ने बताए । साहित्य र संस्कृतिको बजारीकरण र मूल्य विघटन विरुद्ध आफुहरु दृढतापूर्वक उभिने समेत बताए । नेकपा रुपन्देहीका सचिवालय सदस्य नाथु थारुले क्रान्तिकारी सांस्कृतिक आन्दोलनको विरासतलाई महासंघले कायम राख्नुपर्ने बताए । उनले क्रान्ति विचारद्धारा निर्देशित हुने भन्दै यसलाई कला, साहित्य तथा संस्कृतिको माध्यमद्धारा प्रचार गर्नुपर्ने बताए । भेलामा अखिल नेपाल लेखक संघकी केन्द्रीय सदस्य रचनाले प्रगतिवादी सांस्कृतिक आन्दोलन कमजोर भएको भन्दै यसका लागी जनताका पक्षमा कलम चलाउने लेखक तथा स्रष्टाहरु गम्भीर हुनुपर्ने बताए । भेलामा क्षितिज सांस्कृतिक परिवारले गीत प्रस्तुत गरेको थियो भने झण्डै एक दर्जन लेखक साहित्यकार तथा संस्कृतिकर्मीहरुले कविता बाचन गरेका थिए । क्षितिज सांस्कृतिक परिवारका सहसंयोजक आत्माको संचालन र प्रकाशसिंह रानाको अध्यक्षतामा भेला सम्पन्न भएको थियो । महासंघले अखिल नेपाल लेखक संघ जिल्ला समिति समेत गठन गरेकोे छ ।

२०७४ चैत्र ११ गते आइतबार दिउसो २ : ३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :