सविता सिंहलाई अध्यक्ष्यमा चयन गर्दै अखिल नेपाल किसान सङ्घ (क्रान्तिकारी) को राष्ट्रिय भेला सम्पन्न

काठमाडौँ  : अखिल नेपाल किसान संघ (क्रान्तिकारी) की सविता सिंहलाई अध्यक्षमा चयन गर्दै दोस्रो राष्ट्रिय भेला सम्पन्न भएको छ । सिरहा जिल्लाको लहानमा शनिबार भएको दोस्रो राष्ट्रिय भेलाले सिंहको अध्यक्ष्यतामा ३५ सदस्यीय कार्यसमिति चयन गरेको हो । ‘किसान आन्दोलनलाई नयाँ उचाईमा उठाऔं, दलाल र भूमाफियहरूको सम्पत्ति राष्ट्रिय करण गरौं ।’ मूल नाराका साथ सम्पन्न भएको उक्त भेलामा संगठनकी अध्यक्ष सविता सिंहको अध्यक्षता, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जनकपुर ब्युरो इन्चार्ज सन्देश पौडेलको प्रमुख आतिथ्यता, केन्द्रीय सदस्य देवनारायण शाह, सिरहा जिल्ला इन्चार्ज अनुकुल, सेक्रेटरी साहस, सप्तरी जिल्ला इन्चार्ज आकाश, संगठनका उपाध्यक्ष मिनप्रसाद पौडेल, ब्युरो सदस्य तिर्थ, योङ्ग रेड फोर्सका केन्द्रीय सदस्य रोहित ढकाल, सहिद परिवारबाट समुद्रादेवी यादवको सहभागीतामा सम्पन्न भएको थियो भने देशै भरिबाट हजारौं किसान तथा जनसमुदायहरूको उपस्थिति रहेको थियो । उद्घाटन समारोहका प्रमुख अतिथि सन्देश पौडेलले कम्युनिस्ट आन्दोलनमा किसानहरुले खेलेको गौरवमय ईतिहासको स्मरण गराउदै पूर्वी तराईले नेपालकै विशाल किसान आन्दोलनको नेतृत्व गरेको बताउनु भयो । किसान आन्दोलनको नेता भीमदत्त पन्त, रामवृक्ष यादव, सुर्यनारायण यादव, जय गोविन्द शाह, ऋषिराज देवकोटा किसान अान्दाेलनमा अग्रज  भीमजस्ता पूर्वी तराईका होनहार योद्धाहरूले उठाएका मुद्दाहरू अझै पुरा नभएको बताउँदै उहाँहरुको सपना पुरा गर्न सबै श्रमजीवि र किसानहरुलाई नयाँ प्रविधि र नयाँ विचारका साथ एकीकृत जनक्रान्तिमा गोल बन्द हुन आग्रहसमेत गर्नु भयो । कार्यक्रम सञ्चालन संगठनका महासचिव जयरूप वडुवालले गर्नुभएको थियो ।

२०७४ चैत १२ गते मपरान्ह १२ : ५६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :