दमकमा बसमाथि आगजनी

 

झापा :  अाइतबार बिहानै ५  : १० बजे पूर्वबाट पश्चिम जाँदै गरेको बसमा आगजनी भएको छ । काकरभिट्टाबाट पश्चिमतर्फ जांदै गरेको बस दमकको चियाबगान बेतानी पुल नजिकै आगजनी भएको हो । बस रोकेर बसको पछाडिको भागबाट आगो लगाएको प्रत्यक्ष दर्शिले बताएका छन् । नेकपाका केन्द्रीय सदस्य तथा कोशी ब्युरो इन्चार्जसहित नेताकार्यकर्ता पक्राउ गरेपपि आक्रमक बनेको सो पार्टीका कार्यकर्ताले मेचीको पनि बन्दमा समर्थन रहेको भन्दै आगजनी गरेका छन् । क्षतीको विवरण आउन बाँकी छ ।

२०७४ चैत ११ गते बिहान ८ : २८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :