मोरङमा बम विष्फोट / बिहानैदेखि बन्दको प्रभाव

 

काठमाडौँ  :नेपाल कम्युनिस्ट पार्टी कोशी ब्युरोकाे पूर्व घोषित कार्यक्रम अन्तर्गत कोशी बन्दको घोषणा गरेको दिन आज अर्थात चैत ११ गते मोरङको पखरी र उर्लाबारी बजारमा बिहानै बम विष्फोट भएको छ । घटनाको थप विवरण आउन बाँकी छ । बन्दको कारण झापाबाट देशका विभिन्न ठाउँमा सञ्चालित हुने सगरमाथा यातायात व्यवसाय सङघले टिकट काट्ने काम नै बन्द गरेको छ । त्यसैगरी विराटनगरबाट देशव्यापी सञ्चालित हुने यात्रुबाहक बस सञ्चालन गर्ने बस व्यवसाय सङ्घहरु पूर्वाञ्चल बस व्यवसाय, कोशी बस व्यवसाय, शप्तकोशी बस व्यवसायहरु टिकट नै नकाटेर यातायात बन्द गरेका छन् । उक्त पार्टीका केन्द्रीय सदस्य तथा कोशी ब्युरो इन्चार्ज किरण राई, धनकुटा इन्चार्ज आकाश, सेक्रेटरी, नवराज, संखुवा सभा इन्चार्ज राजकुमार दंगाल, सेक्रेटरी दिव्या बराल, तेह्रथुम सेक्रेटरी कमल लिम्बु, लिम्वुवान स्वयत्त जनपरिषदका प्रमुख सागर लिम्बु सगरमाथा ब्युरो सदस्य जिवन राईलगायतलाई नेताकार्यकर्ताहरुलाई चैत ५ गते प्रहरीले बिनाकारण गिरफ्तार गरेको भन्दै त्तकाल रिहाइ माग गर्दै आइतबार कोशी बन्दको घोषणा गरेको  थियाे।
२०७४ चैत ११ गते बिहान ७ : १० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :