क्रान्तिकारी गलैचा मजदुर सङ्घको छैठौं जिल्ला सम्मेलन सम्पन्न / अध्यक्षमा थापामगर चयन

काठमाडौं : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ अन्र्तगत अखिल नेपाल क्रान्तिकारी गलैचा मजदुर सङ्घ काठमाडौँको छैटौं जिल्ला सम्मेलन सम्पन्न भएको छ । महासङ्घका केन्द्रीय कार्यालय सदस्य तथा मजदुर साधारण शाखा सेक्रेटरी देव परिवार प्रमुख आतिथ्यमा शनिबार काठमाडौँ भएको सम्मेलनले रमेश थापामगरको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ . कार्यसमितिहरु उपाध्यक्षमा रामकुमार, सचिवमा विजय घिसिङ, कोषाध्यक्षमा फुलमाया माझी, सदस्यहरु अरुन श्रेष्ठ, शिवराम लामा, उमेश लामा, हिममा मगरलगायत रहेका छन् । अतिथिहरु महासङ्घ काठमाडौंका जिल्ला अध्यक्ष नारायण तोलाङ्गे, होटेल तथा रेष्टुरासङ्घका काठमाडौं जिल्ला अध्यक्ष ईश्वर क्षेत्री उपस्थितिमा जिल्ला कार्यसमिति गठन गरिएको छ । रमेश थापामगरको अध्यक्षतामा सम्पन्न सम्मेलनको संचालन विजय घिसिङले गरेका थिए ।
२०७४ चैत १० गते बेलुका ८ : ५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :