सामन्त र भूमाफियाहरूको जमिन खोसेर किसानहरूलाई वितरण गर्नुपर्छ – सन्देश पौडेल

रोहित ढकाल / जनकपुर : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जनकपुर ब्युरो इन्चार्ज सन्देश पौडेलले सामन्त र भूमाफियाहरुको जमिन खोसेर श्रमजीवि किसानहरूलाई वितरण गर्नुपर्ने बताउनुभयो । सिरहा जिल्लामा शनिबार आयोजित अखिल नेपाल किसान संघ (क्रान्तिकारी) को दोस्रो राष्ट्रिय भेलाको उद्घाटन गर्दै पौडेलले त्यस्तो बताउनु भएको हो ।

“किसान आन्दोलनलाई नयाँ उचाईमा उठाऔं, दलाल र भूमाफियहरूको सम्पत्ति राष्ट्रिय करण गरौं ।“ भन्ने मूल नाराका साथ सम्पन्न हुन गईरहेको उक्त भेलामा संगठनकीअध्यक्ष साविता सिंहको अध्यक्षता, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जनकपुर ब्युरो इन्चार्ज सन्देश पौडेलको प्रमुख आतिथ्यता, केन्द्रीय सदस्य देवनारायण शाह, सिरहा जिल्ला इन्चार्ज अनुकुल, सेक्रेटरी साहस, सप्तरी जिल्ला इन्चार्ज आकाश, संगठनका उपाध्यक्ष मिनप्रसाद पौडेल, ब्युरो सदस्य तिर्थ, योङ्ग रेड फोर्सका केन्द्रीय सदस्य रोहित ढकाल, सहिद परिवारबाट समुद्रादेवी यादवको आतिथ्यता रहेको थियो भने देशै भरिबाट हजारौं किसान तथा जनसमुदायहरूको उपस्थिति रहेको थियो ।

उद्घाटन समारोहका प्रमुख अतिथि सन्देश पौडेलले कम्युनिस्ट आन्दोलनमा किसानहरुले खेलेको गौरवमय ईतिहासको स्मरण गराउदै पूर्वी तराईले नेपालकै विशाल किसान आन्दोलनको नेतृत्व गरेको बताउनु भयो । रामवृक्ष यादव, सुर्यनारायण यादव, जय गोविन्द शाह, ऋषिराज देवकोटा जस्ता पूर्वी तराईका होनहार योद्धाहरूले उठाएका मुद्दाहरू अझै पुरा नभएको बताउँदै उहाँहरुको सपना पुरा गर्न सबै श्रमजीवि र किसानहरुलाई नयाँ प्रविधि र नयाँ विचारका साथ एकीकृत जनक्रान्तिमा गोल बन्द हुन आग्रहसमेत गर्नु भयो । कार्यक्रम संचालन संगठनका महासचिव जयरूप वडुवालले गर्नुभएको थियो ।
२०७४ चैत १० गते अपरान्ह ५ : ३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :