विदेशी मजदुर नेपाल आए तर यहाँका युवा विदेशीए

 काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघ कास्कीको भेला बिहीबार पोखरामा सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै नेकपाका कास्की इन्चार्ज तथा गण्डक ब्युरो सदस्य रुपेशले वर्तमान संसदीय दलाल व्यवस्थाका कारण हरेक क्षेत्रका मजदुरहरुले दमन र उत्पीडन भोग्नु परेको उत्पीडनका विरुद्ध सबै मजदुर एकभइ अघि बढनुपर्ने बताए । यस्तै अखिल नेपाल ट्रेड यूनियन महासंघका केन्द्रीय सदस्य गोकुल दाहालले दलाल सत्ताका मजदुर संगठनहरुले सामाजिक दलाल पुँजीपतिहरुलाई पक्षपोषण गरेको हुँदा क्रान्तिकारीहरुको पक्षपोशण गर्न सशक्त रुपमा ट्रेड युनियन लागिरहने बताए । दाहालले निगम पुँजीले मजदुर आन्दोलनलाई बन्ध्याकरण गर्न वर्क परमिट विना नै विदेशीलाई मजदुरहरुलाई नेपालमा परिचालन गर्ने र नेपाली मजदुरलाई बिदेशमा बेचिन बाध्य पारेको बताए । भेलाले कालीबहादुर पाण्डेको अध्यक्षतामा १३ सदस्यीय जिल्ला संगठन समिति निर्माण गरेको छ । भेलामाा विभिन्न मजदुर संगठनका प्रतिनिधिहरुकोे पनि उपस्थिति थियो ।
२०७४ चैत १० गते अपरान्ह ५ : १२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :