यातायात मजदुर संघको राष्ट्रिय सम्मेलन

अम्बिका चन्द / काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ अन्र्तगत अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघको छैटौं राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन गर्दै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय संयोजक अमर झाक्रीले आउदो बैशाखमा हुने भनिएको महासंघको राष्ट्रिय सम्मेलन भव्यरुपमा सफल बनाउन आजैबाट पेशागत संगठनहरुको सम्मेलन शुरु भएको जानकारी दिए । साथै उनले नेपालमा मजदुर आन्दोलनको जगमा नेताहरु सत्तामा पुगेको भएपनि उनीहरुले मजदुरको हितमा कुनै पनि काम नगरेको भन्दै एकीकृत जनक्रान्तिको बाटोबाट स्थापना हुने वैज्ञानिक समाजवादी ब्यवस्थाले मात्र मजदुरहरुका समस्या समाधान गर्ने वताए । सम्मेलनमा रातोखवर साप्ताहिकका प्रबन्ध निर्देशक भीम चापागार्इंको विशेष उपस्थिति रहेको थियो । सम्मेलनले चार जनापछि थप्ने गरी शिशिर थापाको अध्यक्षतामा १९ सदस्य केन्द्रीय कार्य समिति गठन गरेको छ । जसको उपाध्यक्षमा आदित्य चौधरी, महासचिवमा ओम लामीछाने चयन भएका छन् । यस्तै सदस्य हरुमा दिपेन्द्र घिमिरे, लालबहादुर तामाङ, धुब्र भुजेल, युवराज न्यौपाने, कालीबहादुर पाण्डे, धनबीर थापा, होमबहादुर परियार, शिव अर्याल, रामचरण कार्की, मणी तामाङ, मुक्ति विक र कविन्द्र बोहोरा रहेका छन् । शिशिर थापाको अध्यक्षतामा सम्पन्न सम्मेलनको संचालन दिपेन्द्र घिमिरेले गरेका थिए ।
२०७४ चैत ९ गते अपरान्ह ४ : २३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :