गिरफ्तारी र खानतलासी तीव्र

काठमाडौं : चैत ८ गते राती २ बजे संखुवासभा प्रहरीले नेकपा सुनसरी सेक्रेटरी पुष्पको घरमा छापा मारेको छ । चैनपुर नपास्थित उनकोे घरबाट प्रहरीले पुस्तक , डाइरी, कम्पुटरका सामान लुटुर लगेको पारिवारिक स्रोतले बताएको छ । प्रहरी निरीक्षक हेमन्तविक्रम राणाको टोलीले उक्त खानतलासी गरेको हो । त्यसैगरी सुनसरीमा दुर्गा शंकर, सुरज राईको घरमा पनि प्रहरीले छापा मारेको छ । केन्द्रीय सदस्य तथा कोशी ब्युरो इन्चार्ज किरण राईलगायत नेताहरुको गिरफ्तारी विरुद्ध भएको विरोध प्रदर्शनको क्रममा चैत ६ गते नै सुनसरीबाट सुराज राई, सुरेश राई, लक्ष्माण कार्की, मोहन कार्की र रोशन ढकाललाई पक्राउ गरिएको छ । इटहरी उपमहा नपा, आँपगाछीबाट उनीहरुलाई गिरफ्तार गरिएको हो । एक नंन प्रदेशमा घरघरमा प्रशासनले सम्पर्क टाँसेर आन्दोलनरत पक्षलाई तर्साउन खोजेको चर्चा पनि उक्त क्षेत्रमा छ ।
२०७४ चैत १० गते बिहान ७ : १६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :