चार कम्युनिस्ट पार्टीबीच एकता हुँदै

काठमाडौँ :  विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) र ऋषी कट्टेल नेतृत्वको नेकपाबीच पार्टी एकताका लागि आधार तयार पार्ने सहमति भएको छ । आज (शुक्रबार) बसेको चार पार्टीको संयुक्त बैठकले उक्त सहमति गरेको हो । चार पार्टीका बीच एकताका आधार तयार पार्न छलफल र बहस गर्दै जाने र सहमति भएका सवषयमा संयुक्त आन्दोलन गर्ने ठेगान पनि भएको छ । आन्दोलनको ठोस कार्यक्रम बनाउन अर्को बैठक बस्ने निर्णय भएको जानकारी नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले प्रेस नोटका माध्यमबाट दिएका छन् ।
२०७४ चैत ९ गते अपरान्ह ३ ३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :