भ्रष्टाचारी अधिकारीमाथि कालोमासो कारणसहित

काठमाडौं : अखिल (क्रान्तिकारी) बझाङले विभिन्न शिर्षकहरुमा करोडौं रकम हिनामिना गरेको भन्दै जिल्ला शिक्षा अधिकारी सूर्यबहादुर सिंहमाथि कालोमासो गरेकोे छ । अधिकारी सिंहलाई बुधबार बिहान जिल्ला शिक्षा कार्यलयको कार्यकक्षमा नै गएर कालो मुसो दलिएको प्रत्यक्षदर्शी शिक्षक विरेन्द्रबहादुर सिंहले जानकारी दिएका छन । अधिकारी सिंहले जिल्लामा मोटो रकम असुल गरेर नीजि शैक्षिक संस्थालाई दर्ता विनै संचालनको अनुमति दिएको, भवन, लाईबे्ररी र कम्प्युटर वितरणमा भ्रटाचार भएपछि चेतावनी स्वरुप कालोमोसो दलेको विद्यार्थीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कालोमोसो दल्नुको कारणहरु यस्ता छन् तीन बुँदा :
१. भवन बाँडफाँड गर्दा प्राथमिकताका आधारमा भन्दा नि कमिसनका आधारमा बितरण गरेको ।
२. शिक्षा कार्यालयबाट बितरण गरिएको पूर्वाधारबाट १ लाखदेखि २ लाखसम्म कमिसन लिएको ।
३. जिल्ला शिक्षा कार्यालयलाई भ्रष्टहरुको अखडा बनाएको ।
४. विद्यालय व्यवस्थापन समितिले गरेका निर्णयलाई कार्यान्वयन गर्न आनाकानी गरेको ।
२०७४ चैत ८ गते बिहान ११ : ५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :