नेपाली जनसमाजले नयाँ दिल्लीमा २ नेपाली चेलीको उद्धार

किङ थापा  / नयाँ दिल्ली : वैदेशिक रोजगारीका लागि कुवेत लैजाने भन्दै केही दिनदेखि दलालहरुले दिल्ली एनिसिआर गाजियाबाद वैशालीको एक कोठीमा बन्द बनाएर राखिएका ४ जान मध्य २ नेपाली चेलीको गएको सोमबार उद्धार गरिएको छ । प्रवासी नेपाली जनसमाज भारतका महासचिव मोती गौतम, दिल्ली राज्य अध्यक्ष लालबहादुर कुवरलगायतका जनसमाजका नेता तथा कर्याकर्ता र दिल्ली प्रहरीको ‘क्राइम’ शाखासँग सहकार्य गरि र नेपालबाट आएका पीडीत चेलिका काका र सानो बालकका साथमा लिएर दिल्लीको वैशालीस्थित एक कोठीमा छापा मारी उनीहरूलाई उद्धार गरिएको हो ।

‘कुवेत लगेर रोजगारी दिलाउने आश्वासन दिएर उनीहरूलाई केही दिन पहिले वैशालीको एक कोठीमा राखिएको उनका आफन्तको निवेदन तथा सूचनाका आधारमा प्रवासी नेपाली जनसमाज भारतले उद्धार गरेको नेपाली जनसमाज भारतका एक नेताले जानकारी गराएका छ्न ।

उद्धार गरिएका चेलिहरु बाँके जिल्ला खजुरा गा.पा. ३ घरभएका माया ओली, तारा धीताल रहेका छन् । थप उनीहरूलाई सोधपुछ गर्दा काठमाडौ घर बताउने महिला दलाल दालमया तमाङले उनीलगायत ७ जना नेपाली महिलाहरूलाई फ्री पासपोर्ट बनाएर कुवेत लैजाने भनि नयाँ दिल्लीमा ल्याएर विभिन्न ठाउँमा राखिएको कुरा खुल्न आएको छ । अहिले सो कोठामा रहेका २ जना र अर्को कोठामा रहेका ४ जान सहित सबै दलालहरू फरार भएका छन् ।

यस्ता घटनाहरु प्रति भारतमा रहेको दूतावासले सूचना दिदा पनि कुनै चासो नदिएको ती नेताले बताउनु भयो । दिल्ली पुलिसले दलाल बसेको कोठालाई बन्द गराई मानव तस्करी दलालहरूको तीव्र रुपमा खोजीकार्य जारी राखिएको छ । उद्धार २ चेलीलाई उनका छोरा र काकाको जिम्मामा लगाई मगलबारै नेपाल पठाइएको छ ।
२०७४ चैत्र ८ गते मध्यान्न १२ २० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :