देशभर सांस्कृतिक प्रतिरोध दिवस मनाइयो / क्रान्तिबाटै सहिदका सपना पूरा गर्ने उद्घोष फोटो फिचरसहित


काठमाडौं : नेपालका क्रान्तिकारी संस्कृतिकर्मीहरुद्वारा सांस्कृतिक प्रतिरोध दिवस मनाइएको छ । काभे्रको अनेकोटमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय समितिको आयोजनामा आयोजित २० औँ ांस्कृतिक प्रतिरोध दिवसमा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका राजनीतिक ब्युरोका सदस्य एवम् केन्द्रीय जनपरिषद् नेपालका उपप्रमुख पद्म राईले आफू र आफ्नो पार्टी देश र जनताका लागि जस्तोसुकै लडाइँ लड्न पनि तयार रहेको बताए । उनले भने– च्याङ्बा लामालगायत सहिदको स्मरण र सम्झनाको भावधारामा आयोजना गरिएको कार्यक्रम भएकाले देश र जनताको मुक्तिका लागि क्रान्तिकारी धारा अवलम्बन गर्नुको कुनै विकल्प छैन । जबसम्म नेपालमा क्रान्ति सम्पन्न हुन्न, जबसम्म जनताको मुक्ति हु“दैन, तबसम्म हामी निरन्तर क्रान्तिकारी दिशामा अघि बढिरहनेछौँ । हामीलाई गद्दारी अस्वीकार्य छ । नेपालमा देश र जनताका विरुद्ध प्रचण्ड–बाबुरामहरूले गम्भीर धोका दिएका छन् । हामी एकीकृत जनक्रान्तिका माध्यमबाट संसदीय दलाल व्यवस्थालाई ध्वस्त बनाउनेछौँ ।

सोही कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् पूर्वी ताम्सालिङ ब्युरोका इन्चार्ज जगतले अब नया“ प्रतिबद्धताका साथ दलालहरूका विरुद्ध लडेर मात्र महान् सहिदहरूको सपना पूरा गर्न सकिने धारणा व्यक्त गरे । जनतालाई जगाउँदै सहिदको सपना क्रान्ति, वर्गीय मुक्तिलाई कहिल्यै नभुल्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । त्यसैगरी ताम्सालिङ जनपरिषद्का प्रमुख माणिक लामाले माके–एमालेले अब नेपाल जनतालाई धेरै दिन झुक्याउन नसक्ने बताए । सहिदहरूको मृत्यु पहाडजस्तै विशाल हुने कुरा राख्दै उनले माके–एमलेको राजनीतिक नैतिकता सकिएको कुरामा विशेष जोड दिए ।
नेकपा (माओवादी केन्द्र) छोडी नयाँ राजनीतिक अभियान सञ्चालन गरिरहेका बलराम तिमिल्सिनाले आफूहरूले भन्दा पहिले विप्लवहरूले प्रचण्डलाई चिनेको र आफूहरूले भर्खर प्रचण्डको नक्कली अनुहार देखेपछि विद्रोह गरेको बताए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी काभ्रे जिल्ला इन्चार्ज शरद रसाइलीले एमालेका नेताको सुराकीका कारण सात–सातजना जनकलाकारहरूको हत्या भएको भए पनि प्रचण्डहरू अहिले त्यही हत्यारा एमालेमा मिसिन जान लागेकाले त्यसको व्यापक भण्डाफोर गर्नुपर्ने बताए । उनले भने– अर्को वर्षबाट प्रचण्डहरूले सांस्कृतिक प्रतिरोध दिवस मनाउन पाउनेछैनन् किनभने त्यतिखेर सांस्कृतिक प्रतिरोध दिवस मनाउँदा केपी ओलीले तिनीहरूलाई दण्डित गरिदिनेछन् ।

२० औँ सांस्कृतिक प्रतिरोध दिवसमा च्याङ्बा लामा, निर्मला देवकोटा, गुम्बासिं तामाङ, मञ्जु कुँवर, डम्बर श्रेष्ठ, सुभद्रा सापकोटा र चिनीमाया लामाका परिवारजनको उपस्थिति थियो । सहिद परिवारजनहरू कार्यक्रमका प्रमुख अतिथि पद्म राई, अतिथि जगतलगायत अतिथिद्वारा अबिर, अभिनन्दनपत्र र दोसल्लाका साथ सम्मानित हुनुभएको थियो ।

प्रतिरोधात्मक सांस्कृतिक कार्यक्रममा संयुक्त उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष युवराज पराजुली, काभ्रे सेक्रेटरी अग्रीम, सकुमबासी सङ्गठनका अध्यक्ष लालबहादुर विश्वकर्मा, तामाङ राष्ट्रिय मुक्तिमोर्चाका महासचिव कान्छामान तामाङ, अखिल नेपाल महिला सङ्घ सचिवालय सदस्य प्रतिमा गहतराज, किसान कार्यालय सदस्य प्रतिमा बजगाईंलगायतको उपस्थिति थियो ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घका महासचिव खेम थपलियाको अध्यक्ष, सचिवहरू अशोक सुवेदी, कुशल बोगटी, सरल माझीको उपस्थिति, कोषाध्यक्ष आरोह नेपालीको सञ्चालन रहेको उक्त कार्यक्रममा केन्द्रीय सांस्कृतिक टोली सामना परिवारले विभिन्न क्रान्तिकारी गीत–नृत्य प्रस्तुत गरेको थियो ।

सम्रण रहोस्, २०५५ साल चैत ५ गते काभ्रेको अनेकोटमा सांस्कृतिक कार्यक्रमको तयारी गर्दै गरेका सातजना निहत्था संस्कृतिकर्मीलाई तत्कालीन सत्ताले आगो लगाएर हत्या गरेको थियो । संस्कृतिकर्मीहरूले विचार र वाद्यवादनका साधनको भरमा प्रहरीसँग गरेको प्रतिरोध अद्वितीय थियो । संस्कृतिकर्मीहरूले पुरानो सत्ताका रक्षकहरूसँग जीवनको भिक नमागी अन्तिमसम्म प्रतिरोध गर्दै बलिदान गरी त्याग, शौर्य र साहसको कीर्तिमान कायम गरेकाले चैत पाँच गतेलाई सांस्कृतिक प्रतिरोध दिवसका रूपमा मनाउने गरिन्छ ।

यसैक्रममा काभ्रे जिल्लाको अनेकोटमा २० औँ सांस्कृतिक प्रतिरोध दिवस सम्पन्न भएको छ । ७ ताराको रगतले रङ्गिएको अनेकोटको भूमिमा उभिएर गीत–सङ्गीत, कविता तथा मन्तव्यका साथ उपस्थित सबैले नेपालमा क्राान्तिको विकल्प नभएको कुरा बताएका छन् ।

महासङ्घले रोल्पाको भाबाङलगायत सामूहिक हत्याकाण्ड र देशैभरका सांस्कृतिक सहिदलाई सम्मान गर्ने र उनीहरूले देखेको सपनालाई पूरा गर्नका लागि प्रण गर्ने दिनको रूपमा पनि यो दिवसलाई मनाउँदै आएको हो । स्मरण रहोस्, एमालेको सुराकीमा प्रहरीको एक जत्थाले जनताका कलाकारहरू च्याङ्बा लामा, निर्मला देवकोटा, गुम्बासिं तामाङ, मञ्जु कुँवर, डम्बर श्रेष्ठ, सुभद्रा सापकोटा र चिनीमाया लामालाई जिउँदै जलाएर हत्या गरेका थिए ।
देश, जनता र समाजको मुक्ति, प्रगति र अग्रगामी परिवर्तनका लागि आफूलाई सचेत ढङ्गले काभ्रेको अनेकोटमा ७ जना जनकलाकारले बलिदान दिएजसरी नै जनताको महान् सङ्घर्षको प्रक्रियामा अछामको डुङ्गालामा नौजनाको सहादत भएको थियो भने रोल्पाको भबाङमा ११ जना जनकलाकार तथा डोटीको मुडभरा, अछामकै विनायकमा पनि कलाकारको सामूहिक सहादत भएको थियो । जनसांस्कृतिक आन्दोलनमा कृष्ण सेन ‘इच्छुक’, शारदा श्रेष्ठ, चुनु गुरुङ, अन्जान विरही, दिलमाया बम्जन। मस्त बिस्टलगायत १७० भन्दा बढीले सहादत प्राप्त गरेका छन् ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घका महासचिव खेम थपलियाको अध्यक्षता एवम् कोषाध्यक्ष आरोह नेपालीको सञ्चालन रहेको उक्त कार्यक्रममा केन्द्रीय सांस्कृतिक टोली सामना परिवारले विभिन्न क्रान्तिकारी गीत–नृत्य प्रस्तुत गरेको थियो भने बलराम तिमिल्सिना, विष्णु भण्डरी, वैरागी जेठा, मोहन घिसिङ, मिसन अधिकारी, कौशिला रिसाल, अम्बू बिहानी, सुजिता परियारलगायत स्रष्टाले आ–आफ्ना सिर्जना वाचन गरेका थिए ।
२०७४ चैत ८ गते बिहान ११ : १० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :