क्रान्तिकारी पत्रकार संगठन सल्यानको दोस्रो जिल्ला सम्मेलन सम्पन्न


काठमाडौं :क्रान्तिकारी पत्रकार संगठन सल्यानले आफ्नो दोस्रो जिल्ला सम्मेलन सम्पन्न गरेको छ । मंगलबार भएको जिल्ला सम्मेलनमा योगराज विश्वकर्मको अध्यक्षतामा पछि तिन जना थप गर्ने गरी १९ सदस्यीय कार्यसमिती गठन गरिएको छ । उपाध्यक्षतामा टिका केसी, विरेन्द्र डिसी, चन्द्रकला बुढाथोककी, सचिव खकेन्द्र केसी, सहसचिव सिर्जना खड्का, कोषाअध्यक्ष नविन रावत, सदस्यहरुमा अमृत कुमार बुढाथोकी, अरुन ओली, लोकमान चन्द, भवानी बुढाथोकी, सपना कवर, टिकाराम ओली, जनक घर्ती, निरुता गिरी, कमल डाँगी रहेका छन् । सम्मेलनले डिल्लीराज रावत, पवन कुमार ओली, प्रगति कुमारी गिरीलार्इ सल्लाकार समितीमा चयन गरेको छ ।

कार्यक्रममा संगठनका केन्द्रिय अध्यक्ष प्रभात चलाउने, नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज डिल्लीराज शर्मा ९विश्व०, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य टेकराज शाही, क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज प्रकाश डुम्रे, केन्द्रिय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज डिल्लीराज रावत, केन्द्रिय सदस्य हरी भण्डारी, प्युठान जिल्ला सल्लाहकार राजेन्द्र राउत, प्रेस चौतारी सल्यानकी सचिव मिना बुढाथोकी, प्रेस युनियनका कृष्णा ओली लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
२०७४ चैत ७ गते अपरान्ह ३ : ५३ मा पककशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :