सी जिनपिङद्वारा अमेरिकालाई युद्धको चेतावनी

बेइजिङ : चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकालाई कडा चेतावनी दिएका छन् । मङ्गलबार १३ औँ नेसनल पिपुल्स कङ्ग्रेसलाई सम्बोधन गर्दै क्रममा उनले अमेरिकाको नाम नलिई उसलाई दुस्मनको सङ्ज्ञा दिँदै कडा चेतावनी दिएका हुन् । हालै मात्र अमेरिकाले एक कानुन पास गराएर ताइवानमा अझै वरिष्ठ अधिकारीलाई पठाउने बताएको थियो । चीनले अमेरिकाले एक चीन नीतिको उल्लङ्घन गरेको भन्दै आक्रामक बन्ने सङ्केत गरेको छ ।

१३ औँ नेसनल पिपुल्स कांग्रेसमा सीले भने, ‘हामी आफ्ना दुस्मनविरुद्ध रक्तपातपूर्ण युद्ध लड्न तयार छौँ ।’ चीनको गौरवशाली इतिहास रहेको पनि सीले बताए । सीले भने, ‘विश्वलाई पत्रिका, कन्फ्युसियसवाद, चिनियाँ पर्खालजस्ता चीज दिएका छौँ । चीनले बाहिरी आक्रमणको विगतमा बलियोसँग सामना गरेको इतिहास भुल्नु हुँदैन । अमेरिकाले ताइवानलाई स्वतन्त्र राज्यका रुपमा चीनबाट एक इन्च पनि जमिन कसैले खोस्न सक्दैन ।’ चीनले ताइवानलाई आफ्नो भूभाग मान्छ । चीनले आवश्यक परेको अवस्थामा ताइवानलाई आफ्नो नियन्त्रणमा लिन सक्ने बताउँदै आएको छ ।
सीले भने, ‘हामीले आफ्नो सम्प्रभुता र क्षेत्रीय एकतामाथि नियन्त्रण लिइरहनु जरुरी छ । हामीले हरहालतमा मातृभूमिको एकता सुनिश्चित गर्नु पहिलो सर्त हो ।’ ताइवान र हङकङलाई लिएर चीनको यो सबैभन्दा आक्रामक अभिव्यक्ति हो ।

सीले इतिहासले पनि चीन समाजवादमार्फत आफ्नो लक्ष्यमा पुग्ने कुरा पुष्टि भइसकेको बताए । चिनयाँ राष्ट्रपतिको यो कडा अभिव्यक्तिलाई अमेरिकाको उक्त निर्णयको जबाफका रूपमा हेरिएको छ । ताइवानलाई स्वतन्त्र देशको दर्जा दिने कोसिसमा चीनले कडा विरोध गर्दै आएको छ । स्मरणीय छ, सी राष्ट्रपति निर्वाचित हुनुअघि चिनियाँ काङ्ग्रेसले यसअघि हुने कायम रहँदै आएको दुई कार्यकाल मात्र राष्ट्रपति रहन पाउने नियम हटाएर उक्त अवधि लम्ब्याएको थियो । स्राेत :  राताे खबर साप्ताहिक
२०७४ चैत ७ गते अपरान्ह ३ : ३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :