क्रान्तिकारी सेकुरेटी संघ ललितपुरको अध्यक्षमा बिसी चयन

काठमाडौंं : अखिल नेपाल क्रान्तिकारी सेकुरेटी संघ, ललितपुर जिल्ला समितिको सातौं जिल्ला भेलाले भुवन बिसीलाई अध्यक्षमा चयन गर्दै १५ सदस्यीेय कार्यसमिति पनि चयन गरेको छ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका केन्द्रीय कार्यालय सदस्य तथा मजदुर साधारण शाखा सेक्रेटरी देव परिवार प्रमुख आतिथ्यमा सो महासङ्घका केन्द्रीय सदस्य तथा सेक्रुटरी सङ्घका केन्द्रीय संयोजक कृष्ण चौधरीले सेकुरेटी मजदुर नभै सुरक्षा अंग भएको र काम–कारबाहीमा सुरक्षा नीतिअनुसार गर्नुपर्ने हुँदा सबै साथीहरु यसमा चनाखो हुनुपर्ने बताए । अतिथिहरुमा होटेल केन्द्रका संयोजक टेक प्रधान, ललितपुर महासङ्घका लोकेन्द्र थापा, होटेल तथा रेष्टुरासङ्घका काठमाडौं जिल्ला अध्यक्ष ईश्वर क्षेत्री, महाङ्घ केन्द्रीय सदस्य राम लाखेलगायत उपस्थिति रहेका थिए । कार्यक्रमको अध्यक्षता भुवन बिसी, सञ्चालन सहदेव विकले गरेका थिए ।
२०७४ चैत ४ गते दिउँसो १ १० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :