सुर्खेती क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको संक्षिप्त इतिहास – कृष्ण धमला ‘गम्भीर’

२०३५/३६ सालको जनआन्दोलनको सेरोफेरोमा अर्को चर्चित काण्ड भयो । सुर्खेतको पूर्वी बेल्टका जनता आफ्ना मागहरू लिएर शान्तिपूर्ण ढंगले वीरेन्द्रनगर आउ“दै गर्दा दशरथपुर कृषि फार्ममा पुगेपछि दशरथपुर निवासी तत्कालीन जिल्ला विकास समितिका सभापति पञ्च तुलसीप्रसाद शर्माको आदेशमा गोली चलाइयो र ६ जनाको हत्या भयो जब कि त्यो बेला जनमत संग्रहको घोषणा भइसकेको थियो जनमत संग्रहको घोषणापश्चात गोली चलाइएको पहिलो जिल्ला सुर्खेत मात्रै थियो । २०३५/३६ को जनआन्दोलनपश्चात जिल्लामा पार्टी विस्तार गर्न निकै प्रतिस्पर्धा चल्यो ।
नेपालको कम्युनिस्ट आन्दोलन २००६ साल तदनुसार १९४९ अप्रिल २२ तारिखमा स्थापनासँगै देशका विभिन्न भागमा प्रभाव र विस्तार हुन सुरु गरेको त सबैलाई जगजाहेर नै छ । नेपाली कम्युनिस्ट आन्दोलन विभिन्न टुटफुट, विभाजन र उतार चढावका बीचबाट गुज्रँदै अगाडि बढ्यो । नेपाल कम्युनिस्ट पार्टीको तेश्रो महाधिवेशनबाट कम्युनिस्ट आन्दोलन विभाजन हुन सुरु भयो । दोश्रो महाधिवेशनसम्म पार्टी एकीकृत नै थियो तर रुसमा कमरेड स्टालिनको मृत्युपश्चात जब खुश्चेवले सर्वहारावर्गको पार्टीलाई हत्याएर र प्रतिक्रान्ति ग¥यो, त्यसपछि संसारभर कम्युनिस्ट पार्टीहरू दुई धारमा विभाजन भए । एउटा लेनिन र स्टालिनले लिएको बोल्सेभिक क्रान्तिकारी धारा र अर्को खुश्चेवको संसोधनवादी धारा । २० औँ पार्टी कांग्रेसको महाधिवेशनमा खुश्चेवले शान्तिपूर्ण संक्रमणको सिद्घान्तलाई अँगालेपछि माओले रुसी पार्टीलाई असहमति जनाएर चिट्ठी लेख्नुभयो, त्यो महान् बहसको नामले चर्चित छ । त्यसपछि चिनियाँ क्रान्तिकारी धारा र रुसी संशोधनवादी धाराको बीचमा कम्युनिस्ट आन्दोलन धु्रवीकृत भयो ।

नेपालमा तत्कालीन संशोधनवादी धाराको नेतृत्व तुलसीलाल अमात्यले गरे भने क्रान्तिकारी धाराको नेतृत्व पुष्पलाल र मोहनविक्रमहरूले गरे र तेश्रो महाधिवेशनपछि नेपालको कम्युनिस्ट आन्दोलन विश्रृंखलित भयोर कैयाँै टुक्रा–टुक्रामा औपचारिक रूपमा विभाजित बन्न पुग्यो । २०२८ सालमा पूर्वमा कोशी प्रान्तीय समिति, कोअर्डिनेसन केन्द्र गठन गरेर झापामा वर्ग सत्रु सफाया अभियानकोलाईन लिएर सामन्त र जमिनदारहरूको सफाया अभियान सुरु गरियो । केही क्रान्तिकारी युवाहरूको युवा जोश र स्पिरिट त ठीकै थियो तर क्रान्तिकारी र वैज्ञानिक कार्यदिशाबिना निम्न पँुजीवादी चरित्र र आदर्शबाट प्रेरित भएर आम जनतालाई विचार, राजनीति र संगठित रूपले तयार नगरीकन गरिएको विद्रोह निरंकुश पञ्चायती व्यवस्थाको दमनको अगाडि टिक्न सक्ने कुरै थिएन र टिकेन पनि । अर्कोतिर जेलबाट मोहनविक्रम र निर्मल लामालगायतका नेताहरू रिहाइ भएपछि केन्द्रीय न्युक्लिस बनाएर चौथो महाधिवेशनको तयारीमा लागे । देशव्यापी दौडाहा गरे र २०३१ सालमा चौथो महाधिवेशन सम्पन्न भयो । यसले देशव्यापी रूपमा संगठित रूप लिएर गयो । सुर्खेत जिल्लामा पनि कम्युनिस्ट पार्टीको स्थापना कहिले र कुन मितिमा भयो भन्ने कुरा विवादित नै छ । करिब २०३६/३७ सालको जनआन्दोलनपश्चात २०३८/३९ सालमा सुर्खेतमा चौथो महाधिवेशनका तत्कालीन ब्युरो सदस्य प्युठानी नेता क. राममणिको विशेष उपस्थितिमा मोती मिधुनको नेतृत्वमा कृष्ण धमला, केदार कँडेल, चूडामणि शर्मा, डिल्ली उपाध्यायलगायतको जिल्ला संगठन समिति बन्यो । तत्कालीन समयमा प्युठान निवासी जनव्यावसायिक माध्यमिक स्कुल वीरेन्द्रनगरमा अध्यापन गर्ने शिक्षक सिद्घिमानको पनि त्यस जिल्लामा पार्टी विस्तार गर्ने महत्वपूर्ण भूमिका थियो । त्यसपछि हरिभक्त कँडेल, सहिद क. विष्णु पोख्रेल, चितवन निवासी क. विलासजीहरूको उपस्थिति निरन्तर रूपमा रह्यो । सीएमए क्याम्पस सुर्खेतमा अध्यापन गर्ने हेटौंडा निवासी कुमार थापाको पनि पार्टी प्रभाव र विस्तार गर्नमा महत्वपूर्ण योगदान रह्यो । पोष्टबहादुर बोगटी (दिवाकर) ले त्यो क्षेत्रको वर्गसंघर्षको उठान गर्न निरन्तर नेतृत्व गरे ।

२०३१ सालमा एउटा चर्चित पोस्टर काण्ड घटयो र पट्टुसिंह नेपाली, केदार कँडेललगायत धेरैको गिरफ्तारी, जेल हिरासत र भागदौडको श्रृंखला नै चल्यो । २०३५/३६ सालको जनआन्दोलनको सेरोफेरोमा अर्को चर्चित काण्ड भयो । सुर्खेतको पूर्वी बेल्टका जनता आफ्ना मागहरू लिएर शान्तिपूर्ण ढंगले वीरेन्द्रनगर आउँदै गर्दा दशरथपुर कृषि फार्ममा पुगेपछि दशरथपुर निवासी तत्कालीन जिल्ला विकास समितिका सभापति पञ्च तुलसीप्रसाद शर्माको आदेशमा गोली चलाइयो र ६ जनाको हत्या भयो जब कि त्यो बेला जनमत संग्रहको घोषणा भइसकेको थियो जनमत संग्रहको घोषणापश्चात गोली चलाइएको पहिलो जिल्ला सुर्खेत मात्रै थियो । २०३५/३६ को जनआन्दोलनपश्चात जिल्लामा पार्टी विस्तार गर्न निकै प्रतिस्पर्धा चल्यो । २०३५/३६ को आन्दोलनपश्चात केन्द्रीय विद्यार्थी आन्दोलनमा क. धर्मेन्द्र बास्तोला पनि होमिनुभयो । २०३९/४० सालतिर विद्यार्थी सम्मेलन र प्रशिक्षण गर्ने क्रम तीव्र गतिमै भएको छ । त्यसै सिलसिलामा तत्कालीन विद्यार्थी नेताहरू निमकान्त पाण्डे, पम्फा भुसाल, बलराम बास्कोटा, लेखराज भट्ट, हरि अधिकारी, चक्रपाणि लम्साल र विष्णु खनाललगायतका विद्यार्थी नेताहरूले जिल्ला दौडाहा लगाएका थिए । पार्टीभित्र त्यतिबेला पण्डितिनी प्रकरणको कारण दुईलाइन संघर्षको सुरुआत हुन्छ र २०४१ सालको महाधिवेशनमा जाँदा दुईवटा दस्तावेज प्रस्तुत हुन्छन्, एउटा मोहनविक्रम सिंहले मध्यपन्थी कमजोरीबारे र अर्को मध्यपन्थी कमजोरी कि गल्तीको ढाकछोप भन्ने किरणद्वारा प्रस्तुत दस्तावेज । पाँचौँ महाधिवेशनका लागि देशैभरि जिल्ला सम्मेलन भए र महाधिवेशन भारतको अयोध्यामा भएको थियो, त्यतिबेला सुर्खेतबाट कृष्ण धमला, मोती मिधुन र चूडामणि शर्माको प्रतिनिधित्व थियो । १३/१४ दिन चलेको त्यो महाधिवेशनमा अन्ततः किरणद्वारा प्रस्तुत दस्तावेज पारित भयो र मोहनविक्रम महाधिवेशन हलबाटै गलहत्याइए र पार्टी भित्रभित्र विभाजनतर्फ उन्मुख भइसकेको थियो र एक वर्ष नपुग्दै २०४२ सालमा औपचारिक रूपमा मोटो मशाल र पातलो मसालको रूपमा पार्टी विभाजित भयो । मोहनविक्रम सिंहले १ वर्ष नपुग्दै औपचारिक रूपमा पार्टी विभाजन भएको घोषणा गरे र उनलाई कार्वाही गर्दे २०४२ सालमा विस्तारित बैठकको आयोजना गरेर मोहनविक्रम सिंहमा व्यक्तिवादी अराजकतावादी प्रवृत्ति भएको संश्लेषण ग¥यो । सुर्खेत जिल्लाबाट उक्त विस्तारित बैठकमा केदार कँडेलले प्रतिनिधित्व गरेका थिए, सुरुमा उनी संस्थापन पक्षतिर भएको नाटक गरे तर उनको सम्बन्ध र प्रवृत्ति चूडामणि शर्मासँग नजिक भएकाले उनी उतै लाग्छन् भन्ने आँकलन गरेका थियौँ, नभन्दै त्यो सत्य प्रमाणित पनि भयो ।

त्यसपछि सुर्खेत जिल्लामा पनि फुट र विभाजन भयो र समितिको बहुमत अल्पमततिर गयो भने सिर्फ कृष्ण धमला मात्रै एकजना बहुमत पक्षमा रहे । कृष्ण धमलाको सेक्रेटरीमा केही समय एकल नेतृत्व बनाएर पार्टी कामलाई अगाडि बढायो । २०४५/४६ को जनअन्दोलनपश्चात देशमा अलि बढी खुकुलो परिस्थिति पैदा भयो र दलहरूका चलखेलहरू तीव्र भएर गए । आ–आफ्ना पार्टीका कार्यक्रमहरू गर्न त्यो बेला विविध दलहरूका बीचमा प्रतिस्पर्धा र होडवाजी नै चल्यो । २०४६ सालपछि विकेश श्रेष्ठको विशेष उपस्थितिमा क. मंगल विकको घरमा सेक्रेटरी कृष्ण धमलाको नेतृत्वमा क. मंगल विक र भद्र गुरुङ्गसहितको ३ सदस्यीय जिल्ला संगठन समिति बन्यो । जनआन्दोलनलाई राजा, कांग्रेस र वाम मोर्चाको साँठगाँठमा चैत २४ गते सम्झौता गरेर वीचमा तुहाइयो । संयुक्त राष्ट्रिय जनआन्दोलन जसमा ५ घटकहरू थिए, त्यसले सो सम्झौताको विरोध ग¥यो आफ्नो संघर्षलाई जारी राख्यो र देशैभरि संयुक्त राष्ट्रिय जनआन्दोलनको नाम बाट सम्झौताको भण्डाफोर गर्दे आमसभाहरू सम्पन्न हुन थाले । सुर्खेतमा पनि सं.रा. जनआन्दोलनको आमसभा राखिएको थियो । सुर्खेतमा अस्तित्वमा रहेका दुईवटा घटक मशाल÷मसालको संयुक्त कार्यक्रम बन्यो । सिनियर नेताको रूपमा सिपी गजुरेल आएको हुनाले उनि नै अन्तिम वक्ता बन्ने कुरा तय भयो । त्यो कुरा नै मसालहरूलाई पचेको थिएन । प्रमुख वक्ताले बोल्दा बोल्दै मसालका जिल्ला नेताहरूले होहल्ला गर्न खोजे तर असफल भए त्यो कार्यक्रममा खुसीराम पाख्रीनको सांस्कृतिक टिम गएको थियो । पाख्रीनको एउटा देशभक्ति गीतले सबैलाइ मन्त्रमुग्ध वनाएको थियो । कांग्रेस र एमालेहरूले संवैधानिक राजतन्त्र र बहुदलीय व्यवस्थाको वकालत गर्दे संसारको उत्कृष्ट संविधानको प्रचार गर्न थाले । भर्खर पञ्चायती व्यवस्था ढलेर सबै चीजको हल यही व्यवस्थाले नै गर्छ भनेर संसद्वादीहरूले जनतामा भ्रम फैलाउने षड्यन्त्र बढेर गयो त्यो भ्रमलाई चिर्न र क्रान्तिको लक्ष्य र उद्देश्यमा अगाडि बढ्नका लागि क्रान्तिकारीहरूको कमजोर शक्तिबाट मात्र सम्भव थिएन । त्यसकारण मालेमावाद मान्ने, नयाँ जनवादी क्रान्तिको न्यूनतम कार्यदिशामा सहमत हुने र महान् सर्वहारा सांस्कृतिक क्रान्तिलाई प्रस्थानविन्दु बनाउनुपर्ने कुरालाई आधार वनाएर पार्टी एकताको प्रक्रियालाई अगाडि बढाउने मान्यताका साथ ४ वटा पार्टी ने.क.पा. (मशाल), ने.क.पा. (चौम), सर्वहारावादी श्रमिक संगठन र ने.क.पा. (मसाल) विद्रोही पक्ष र रूपचन्द्र बिष्टको पार्टीबाट विद्रोह गरेको एउटा सानो हिस्सासहित गरेर २०४७ सालमा पार्टी एकता संयोजन समिति वन्यो । पार्टी एकता संयोजन समिति सुर्खेत जिल्लामा क्रियाशील भएर गयो । पश्चिम क्षेत्रीय कमान्डको जिम्मा पोष्टबहादुर बोगटी (दिवाकर)लार्ई त्यो क्षेत्रको जिम्मा दिएपछि फेरि कामहरू व्यवस्थित ढंगले अगाडि बढे र सुर्खेत जिल्लाको समिति पुनर्गठन गर्दै पुनः कृष्ण धमलाको सेक्रेटरीमा मंगल विक, भद्र गुरुङ्ग, लोकप्रसाद पन्त, चित्रबहादुर चौधरीसमेतको जिल्ला संगठन समिति बन्यो र विविध कार्यक्रमहरूलाई अगाडि बढाउँदै लग्यो । जिल्लामा भएका साथीहरू आ–आफ्नो पेशा व्यवसायमा भएकाले पार्टी कामको चापले गर्दा धान्ने स्थिति बनिरहेको थिएन । त्यसैले काठमाण्डौमा विद्यार्थी संगठनलगायतको जिम्मेवारीमा रहनुभएका क. धर्मेन्द्र बास्तोलालाई पार्टी केन्द्रसँग सल्लाह गर्दै सुर्खेत जिल्लामा स्थानान्तरण गर्ने काम भयो र पार्टीका कामहरू गतिमा जान थाले । ने.क.पा. (एकता केन्द्र) को राट्रिय एकता महाधिवेशनका लागि जिल्ला जिल्लामा सम्मेलन गर्ने तय भएअनुरूप सुर्खेत जिल्लामा पनि पहिलो जिल्ला सम्मेलनको तयारीका कामहरू सुरु भयो । २०४८ सालमा क. किरणको प्रमुख आतिथ्यतामा र विशेष उपस्थितिमा हरिभक्त कँडेल थिए । जम्मा २० जनाको प्रतिनिधित्व भएको त्यो सम्मेलनले क. धर्मेन्द्र बास्तालोको सेक्रेटरीमा ५ सदस्यीय जिल्ला समिति चयन ग¥यो उक्त सम्मेलन तत्कालीन वीननपा १, स्थित तीनकुने आम्डाली खोला नजिकै एकजना किसानको घरमा सम्पन्न भएको थियो । सदस्यहरूमा कृष्ण धमला, मंगल विक, लोकप्रसाद पन्त र भद्र गुरुङ्गहरू चयन भए । सम्मेलनले बहुमतको दस्तावेजकोलाईन गाउँबाट सहर घेर्ने दीर्घकालीन जनयुद्घकोलाईनलाई समर्थन ग¥यो । महाधिवेशनको प्रतिनिधिमा क. धर्मेन्द्र बास्तोला, कृष्ण धमला, मंगल विक र लोकप्रसाद पन्त चयन भए र महाधिवेशन प्रतिनिधिमा धर्मेन्द्र बास्तोला, कृष्ण धमला, मंगल विक र लोकप्रसाद पन्त गरी ४ जनालाई प्रतिनिधित्व गर्ने निर्णय ग¥यो । संयुक्त जनमोर्चा नेपालको जिल्लाको अध्यक्षमा क. धर्मेन्द्र बास्तोला र सचिवमा लोकप्रसाद पन्तलाई चयन गर्ने निर्णय ग¥यो र सं.ज.मो.का वैधानिक कार्यक्रमहरू निरन्तरतामा अगाडि बढे । राष्ट्रियता, जनतन्त्र र मागहरू लिएर सडक संघर्षका कार्यक्रमहरू सशक्त किसिमले संचालन भए । जिल्लामा एउटा अवलचिङ्ग सांस्कृतिक परिवार पनि गठन भयो र त्यो जनयुद्घको पहलसम्म निरन्तर क्रियाशील भयो । राष्ट्रिय एकता महाधिवेशन सम्पन्न भयो । त्यसले सहरबाट गाउँ घेर्ने दीर्घकालीन जनयुद्घकोलाईन बहुमतद्वारा पारित ग¥यो । २०५० सालतिर जिल्लामा सुर्खेत पोष्ट साप्ताहिक पत्रिका प्रधान सम्पादक क. धर्मेन्द्र बास्तोलाको नामबाट पत्रिका संचालनमा आयो । त्यसले पनि क्रान्तिकारी विचारलाई र प्रारम्भिक वर्गसंघर्षका कार्यक्रमलाई स्थापित गर्न ठूलै भूमिका खेल्यो । २०५०/२०५१ र जनयुद्घ सुरु हुनुभन्दा अघिसम्म शिक्षा क्याम्पस, बहुमुखी क्याम्पसहरूमा विद्यार्थीसँग अन्तरक्रिया, छलफल, बहस र संगठन निर्माणका अभियानहरू तीव्र रूपले चलेका थिए । कलेजका विद्यार्थीहरूका पिकनिक कार्यक्रहरू पनि गरिए र छोटै समयमा स्व.वि.युमा हाम्रो विद्यार्थी संगठनले प्रतिस्पर्धा पनि ग¥यो ।

२०५१ सालतिर अवलचिङ्ग सांस्कृतिक परिवारले जिल्लाव्यापी रूपमा सांस्कृतिक र भण्डाफोर अभियान चलायो विशेष गरेर पूर्वी भेरी वेल्टमा । त्यो सांस्कृतिक टिममा हिमाल, दान सिंङ्ग, शंकर नेपालीलगायतको भाइ बहिनीहरूको सशक्त टोली थियो जसलाई नेपालगंजका डान्स कलाकारले सुर्खेत भ्यालीभित्र तीनकुनेको एउटा किसानको घरमा राती–राती महिनाँै लगाएर तालिम दिएका थिए । पूर्वी भेरी बेल्टमा भरत प्रसार्इं र चित्रबहादुर वली धेरै सक्रिय थिए । एउटा रोचक सांस्कृतिक अभियानको घटना पूर्वी भेरी बेल्टको धेरै ठाउँको कार्यक्रम सकेर रामघाटको चित्रबहादुर वलीको घर नजिकैको स्कुलमा सांस्कृतिक कार्यक्रम राखिएको थियो । कार्यक्रमको मध्यभागतिर एमालेका कार्यकर्ताहरूले जाँडरक्सी खाएर आक्रमण गरे र माइकलगायत वाद्यवादनका सामानहरू तोडफोड गरे र चित्रबहादुर वलीलाई लड्न आइज भनेर खुल्ला हाँक दिइरहेका थिए जब कि चित्रजी उनीहरूकै बीचमा उभिरहनुभएको थियो तर उहाँलाइ केही गर्न सकिरहेका थिएनन । अरू सबै भागाभाग गरे र मैले एम्पिलीफायर र ब्याट्री हुलहालको बीचबाट जोगाएको थिए । ब्याट्रीको एसिड मेरो नयाँ पैन्टमा पोखिएर काम नलाग्ने भएको थियो । त्यो घटनालाई लिएर सं.ज.मो.ले अदालतमा मुद्दा दायर ग¥यो र करिब एक–डेढ वर्षपछि सं.ज.मो.को पक्षमा फैसला गरेको थियो । २०५१ र २०५२ को वर्षैभरि सं.ज.मो.को तर्फबाट आन्दोलनका कार्यक्रम घोषणा भयो र जिल्लामा ती सबै कार्यक्रमलाई सम्पन्न गरिए र सांस्कृतिक कार्यक्रमअन्तर्गत केन्द्रीय सामना परिवार र स्थानीय सांस्कृतिक टिमको संयुक्त रूपबाट टिकट सो कार्यक्रम भव्यरूपमा सफल भए । एकाध कार्यक्रममा मणि थापा पनि सहभागी भएका थिए । कलाकार कन्हैया सिंह परियार र अन्जना गुरुङ्गहरूले समग्र भेरी–कर्णाली क्षेत्रको र सुर्खेतको सांस्कृतिक अभियान र टिकट सो कार्यक्रम र त्यहाँको आन्दोलन र वर्गसंघर्षलाई नयाँ उचाइमा उठाउन अग्रणी भूमिका खेलेका थिए । महान् जनयुद्घको पहलकदमीको सन्दर्भमा रोल्पा, रुकुम, जाजरकोट, सिन्धुलीलगायतका अग्रभागका जिल्लाहरूमा सामन्त र जालीफटाहाका विरुद्घ वर्गसंघर्ष सुरु भइसकेको थियो । लडाकु टिमहरूले सेनाको भ्रुणको रूपमा विकास गरिरहेका थिए र त्यसका तालिम प्रशिक्षणहरू देशैभरि संचालन र व्यवस्थापन भइरहेका थिए । क्रमशः … रातो खबर साप्ताहिक
२०७४ चैत ४ गते बिहान ११ : ५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!