झलकुमारको रिट खारेजः प्रचण्डलाई पनि थुन्न सक्ने

काठमाडौं : झलकुमार भगतले २०६२ साल साल साउन ८ गतेका दिन तत्कालीन शाही नेपाली सेनको विष्णु दल गुल्मबाट अत्याधुनिक हतियारहरु गलिल, इन्सास राइफल र त्यसमा लाग्ने म्यागेजिन र ह्याण्ड ग्रिनेट सहित विद्रोह गरी जनमुक्ति सेनामा प्रवेश गरेका थिए । उनलाई २०७४ साल मंसीरु ८ गते राती मोरङको सिद्राह स्थित आफ्नै घरमा सुतिरहेका बखत घर घेरा हाली गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय मोरङमा लगी केही सार्वजनिक अपराध र सजाय ऐन अन्तर्गत जिल्ला प्रशासन कार्यालय मोरङले मुद्दा चलाई साधारण तारेखमा रिहा गरेकोमा सेनाको पूर्वी पृतनालाई जिम्मा लगाइएको थियो । मंसीर १९ डोरीले बाँधी सेनाको हेलिकप्टरमा राखी काठमाडौंमा ल्याइ भद्रकाली स्थित सैनिक प्रहरी गण भद्रकाली हिरासतमा राखिएको थियो । बन्दिका दाजु नन्दुलाल थारु भगतले सर्वोच्च अदालतमा बन्दिप्रत्यक्षीकरणको मुद्दा दायर गरेकोमा सर्वोच्च अदालतबाट बन्दिसहित ३ दिन भित्र उपस्थित हुन विपक्षीहरुका नाममा आदेश जारी भएको थियो ।

यसैबीचमा नेपाली सेनाको समरी जनरल सैनिक अदालतले सर्वस्व सहित जन्म कैदको फैसला गरी २०७४ पुष १७ गतेका दिन देखि केन्द्रीय कारागार जनगन्नाथदेवल काठमाडौंमा पठाएको थियो । दाजु नन्दुलाल भगतले सेनाको गैरकानूनी हिरासतबाट मुक्त गरी पाउन दिएको निवेदन उपर आज चैत ४ गते सुनुवाइ भएको थियो । सर्वोच्च अदालतका न्यायधिश द्वय विश्वम्भर श्रेष्ठ र इश्व खतिवडाको इजलासमा भएको सुनवाइमा बन्दिका तर्फबाट बरिष्ट अधिवक्ता सतिशकृष्ण खरेल, पूर्व महान्यायधिवक्ता तथा वरिष्ठ अधिवक्ता द्वय मुक्ति प्रधान र रमणकुमार श्रेष्ठ, बरिष्ठ अधिवक्ताहरु तुलसी भट्ट, एकराज भण्डारी, अधिवक्ताहरु कपिलचन्द्र पाृ्ेखरेल, दीनमणि पोखरेल, डा. पुन्यप्रसाद खतिवडा, कान्तिराम ढुङ्गाले बहस गर्नु भएको थियो । उक्त इजलासले भगतको रिट निवेदन खारेज गरिदिएको छ । यो खारेजी प्रचण्डहरुले २०६३ साल मंसीर ५ गतेका दिन गरेको बिस्तृत शान्ति सम्झौताको विपरित फैसला गरिएको छ ।

यस फैसलाले प्रचण्डहरुले आव्हान गरे अनुसार तत्कालिन शाही सेनाबाट हतियार सहित विद्रोह गरी जनयुद्धमा सामेल भएका सबैलाई मुद्दा चलाउँदै थुनामा राख्ने बाटो खोलिदिएको छ । यो फैसलाले एकातिर २०१६ सालको राजासर्वोच्च कमाण्डर भएको सैनिक ऐनलाई ब्युँत्याएको छ भनें अर्कातिर बिस्तृत शान्ति सम्झौता समेतलाई पूर्णत इन्कार गरेको छ । यसले सत्तारोहण गरेका प्रचण्ड, हिजोका जनमुक्ति सेनाका उच्च कमाण्डर र अहिलेका उपराष्ट्रपतिहरु समेतमा नैतिकताको प्रश्न उठाएको छ । थुप्रै शाही सेनालार्ई विद्रोह गर्न आव्हान गर्ने तत्कालीन जनमुक्ति सेनाका सर्वोच्च कमाण्डर प्रचण्डलाई पनि यस आधारमा मुद्दा लगाई थुन्न सक्ने बाटो खुलेको छ ।

२०७४ चैत ४ गते साँझ ६ : ५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!