रुकुममा आज पनि कांग्रेस-माओवादी केन्द्र झडप

चितवन कांग्रेस कार्यकर्ताले प्रचण्ड पुत्रीलाई मतदान नगर्ने

Jhadap-at-maitighar-1रातोखबर संवदादाता/चितवनः बैशाख २४, पार्टी सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको आदर्श र लोकतान्त्रिक मूल्यको खिल्ली उडाएको, कार्यकर्तालाई गोठालो ठानेको र स्थानीय तहको उमेदवार चुन्ने–चुनिने अधिकार खोसेर निरंकुशता लादेको आरोप लागिरहेका बेला चितवन कांग्रेस कार्यकर्ताले प्रचण्ड पुत्री रेणुका दाहाललाई मतदान नगर्ने भएका छन् । उनीहरुले भरतपुर महानगरपालिकाका कुनै पनि वडा माओवादी केन्द्रलाई नदिने जिकिर गर्दै घुमउरो शैलीमा प्रचण्ड–देउवा गठबन्धनको जवाफ दिने कसरतमा छन् । “हामीले जित्ने सतप्रतिशत सम्भावना थियो । देउवाले प्रचण्डसँग सत्तास्वार्थ पुरा गर्न हामीलाई गोठाला बनाए । पार्टी छोड्न सकिएन । निर्णय मान्नै पर्‍यो” एक नेता भन्छन् । “मैले यसबीचमा १० हजार पार्टी सदस्य बढाएको छु । यस्तो स्थितिमा मेयर दिएपछि वडा छोड्ने कुरै आउन्न”– नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ भन्छन् । उता रुकुम, त्रिवेणी–८ मा आइतबार पनि कांग्रेस–प्रचण्ड समूहबीच झडप भएको छ । झडपमा दुई दर्जन भन्दा बढि घाइते भएका छन् भने केहीको अवस्था गम्भिर रहेको रुकुम प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :