काठमाडौंमा गाडी आगजनी

Image processed by CodeCarvings Piczard ### FREE Community Edition ### on 2017-01-14 20:13:58Z |  |

 

रातोखबर सम्बाददाता/काठमाडौं, बैशाख २५, काठमाडौंको उत्तर, चत्रपथबाट ५ किलोमिटर बुढानिलकण्ठ – ८, हात्तिगौडास्थित शिवपुरी मिनरल वाटर इन्ड्रष्टिजमा सोमबार विहान गाडीमा आगजनी भएको छ । हालसम्म घटनाको जिम्मा कसैले लिएको छैन भने क्षतीको विवरण आउन बाँकी छ ।

माहारागञ्ज प्रहरी चौकीका डिउटी अफिसर जवान संजिव रानाभाटका अनुसार अज्ञात व्यक्तिहरुले कारखानाको बा ६ च ११७२ नं. जिप र बा २६ प ८५१५ नं. मोटरसाइकलमा आगजनी गरेको बताएका छन् । 

सो कारखानाका मालिक राम शरण महतका भतिज रमेश महतसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । महत भुकम्प पीडितको राहातमा आएको जस्ता पाता भ्रष्टाचारमा कुख्यात व्यक्ति हुन । स्थानीयले सो घटना नेपाल कम्युनिस्ट पार्टीले गरेको हुन सग्ने आसङ्का गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :