होटेल तथा रेष्टुरा मजदुर संघ काठमाडौंको अध्यक्षमा क्षेत्री

काठमाडौं : अखिल नेपाल क्रान्तिकारी होटेल तथा रेष्टुरा काठमाडौं जिल्लाको छैठौं सम्मेलनबाट ईश्वर क्षेत्री सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् । सम्मेलनले क्षेत्रीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन भएका छन् । बुधबार भएको सम्मेलनको प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका संयोजक अमर झाक्रीको सहभागीमा सम्पन्न भएको हो । संयोजक झाक्रीले देशको राजनीति, संगठनको बारेमा प्रशिक्षत गर्दै नयाँ कार्यसमितिलाई आगामी कार्ययोजनामा विशेष होटल रेष्टुरा समस्याको बारेमा गहन छलफल गरी मजदुरको समस्याको हल पूनर्वहाली गर्न होटल जिल्ला समितिलाई अनुरोध गर्दै कार्यकालको शुभकामना दिएका थिए । कार्यक्रममा ललितपुर महासंघका लोकेन्द्र थापा, काठमाडौं महासंघका नारायण तोलाङ्गी, जनगणतान्त्रिक सम्पर्क मञ्च समन्वय समिति, नेपालका केन्द्रीय सदस्य हरि क्षेष्ठ, साधारण साखाका सेक्रेटरी देव परिवार, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य नितु शाहले कार्यकालको शुभकामना दिएका थिए । साथै, अब गर्ने हरेक संघर्षमा सहकार्य गर्दै अघि बढ्ने धारणा राखेका थिए । कार्यक्रम अध्यक्षता थता होटल केन्द्रका संयोजक टेक प्रधानले राजनीति प्रतिवेदन प्रस्तुत गरेको, ईश्वर क्षेत्रीको सञ्चालनमा सम्पन्न भएकोे थियो ।

२०७४ फागुन ३० गते अपरान्ह ८ : ०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :