उदयपुर–काठमाडौँ समाज सेवाको सम्मेलन

काठमाडौँ : जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति, नेपालअन्तर्गत उदयपुर काठमाडौँ समाज सेवाको प्रथम सम्मेलन सम्पन्न भएको छ । ‘उदयपुर–काठमाडौँ काठमाडौँ समाज सेवा तपाईं हाम्रो हकहितका लागि सहभागी हौँ । हातेमाले गर्दै अगाडि बढौँ ।’ भन्ने मूल नाराका साथ फागुन २६ गते काठमाडौँको पानीपोखरीमा उक्त सम्म्ेलन सम्पन्न भएको हो । सम्मेलनले सुवास राईको नेतृत्वमा २३ सदस्यीय कार्यसमिति गठन गरिएको छ । कार्यसमितिका उपाध्यक्षहरू मिनु सुनुवार राई, प्रेम सारु मगर, उपेन्द्र राई, महासचिवमा जुनु राई, सचिवहरूमा विदुर कार्की, प्रेमबहादुर मगर, कोषाध्यक्षहरूमा राजेश शाक्य, कमल मगर, करन गिरी, कपन लामा, गणेश राई, प्रविण महर्जन, सीता थापा, चन्द्रकुमार राई, शारदा अधिकारी, सीता श्रेष्ठ, मेनुका लामिछाने, नन्दबहादुर राई, हिमाल परियार, कुमार बास्तोलालगायत रहेका छन् । सम्मेलनले शिव राईको संयोजकमा ३ सदस्यीय सल्लाहकार समिति पनि संगठन गरिएको छ । सदस्यहरू हेम चाम्लिङ र चतुरमान राई छन् । प्रमुख अतिथिको रूपमा रहेको जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समति, नेपालका उपाध्यक्ष सुरेश अधिकारीले निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिंदै पार्टीको एकीकृत जनक्रान्तिको कार्यदिशालाई थप उचाइमा पु¥याउन यस समाजले महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरेका छन् । कार्यक्रमको अध्यक्षता सुवास राई, सञ्चालन जुनु राईले गरेकी थिइन् । स्राे : राताे खबर साप्ताहिक
२०७४ फागुन ३० गते अपरान्ह ५ : २८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :