क्रान्तिकारी पत्रकार संगठनको सम्मेलन तीव्र पार्दै / अध्यक्षमा डुम्रे

काठमाडौं : क्रान्तिकारी पत्रकार संगठन नेपाल नवलपरासीको जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले शिव डुम्रे अध्यक्षमा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । संगठनको सचिवमा प्रतिक्षा उपाध्याय रहेका छन । सदस्यहरु धनिराम चौधरी नैना क्षत्री , शिद्धिचरण गुप्ता , विकास आचार्य , अस्मीता गैरे लगायत रहेका छन् । सम्मेलनको उद्घाटन संगठनका केन्द्रीय सदस्य तथा लुम्बिनि ब्युरो संयोजक प्रकाश डुम्रेले गरेका थिए । सो क्रममा उनले राज्यपक्षबाट नै आस्थाको आधारमा कलमजिवी पत्रकारहरुमाथि धरपकड हुने क्रम बढेको भन्दै त्यस्तो कार्य बन्द गर्न आग्रह गरे । सम्मेलनमा नेकपाका जिल्ला इन्चार्ज सुमन ज्ञवाली, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पुृरुषोत्तम सुवेद, नेपाल पत्रकार महासंघ नवलपरासीका उपाध्यक्ष हरि शर्मा, वरिष्ठ पत्रकार डा. शिवसंकर बस्याल , प्रेस चौतारीका जिल्ला अध्यक्ष्य केशव पराजुली लगायतले संबोधन  गरेका  थिए । 

२०७४ फागुन २९ गते दिउँसाे १ : ३२ मा  प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :