हाम्रा गाउँँबस्तीहरू – शिव श्रेष्ठ

कहाली लाग्दो अन्याय अत्याचार
अनि शिखर चुम्न पुगेका
शोषण, दमन, हत्या, लुट बलात्कारले
ढपक्क ढाकेका हाम्रा गाउँँस्तीहरू
हिजो अस्ति निरस देखिन्थे
हाम्रा गाउँँबस्तीहरू
विरहका भाकाहरू उराल्थे
हो साँच्चै हो
हाम्रा गाउँँबस्तीहरू
हिजो अस्ति हिटलरी राक्षसहरूबाट
बलात्कृत बन्न पुगेका थिए
दिउँसै आँखा चिम्ली
आफ्नो अस्मिता लुट्न दिन बाध्य हुन्थे
बिचरा हाम्रा गाउँँबस्तीहरू
आफ्नो सिउँदोको सिन्दुर मेटाउन
अनि हातका चुरीहरू
फुटाउन बाध्य हुन्थे ।

हाम्रा गाउँँबस्तीहरू
मुक्तिका अलाप फलाक्दै भौतारिँदै
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म
दक्षिणका फाँट हुँदै उत्तरका शिखरसम्म
कहालीलाग्दा क्षणहरू बोक्दै भौँतारिन्थे ।

चैत्रमासको हुरीबतासझैँँ सुसाउँथे
वर्षायामको झरीझैँं वर्षिरहन्थे
सपनामा पनि हाम्रा गाउँँबस्तीहरू
मुक्ति पाऊँ भन्दै
अलाप र विलाप गर्थे
तर …
हिजो अस्तिका हाम्रा
तिनै गाउँँबस्तीहरूसँग
मितेरी गाँस्न पुगिसकेछन्
भारतका आन्ध्र–प्रदेश र बिहार–प्रदेशका
गाउँँबस्तीहरूसँग
हातेमालो गर्न पुगिसकेछन्
माक्र्सवाद–लेनिवाद–माओवादको
सिद्धान्तले ओतप्रोत हुँदै
हाम्रा गाउँँबस्तीहरू ।

आज भोलि त काँधमा बन्दुक बोकी
आमूल परिवर्तनको क्रान्तिमा
जीवन अर्पण गरी
दुश्मनसँग लड्न थालिसकेछन्
पचासौँ वीर सहिदहरूको वीरता बोकी
हाम्रा गाउँँबस्तीहरू
माओवाद जिन्दावाद भन्दै
जनयुद्ध जिन्दावाद भन्दै
ठाउँँबस्तीहरू गुञ्जाउन ब्युँझाउन
थालिसकेछन् ।

हिजो अस्ति निरस देखिने
हाम्रा गाउँँबस्तीहरू
आज भोलि अन्धकार रातको
आकासको ताराझैँँ
चम्चमाउन थालिसकेछन्
आजभोलि त हाम्रा गाउँँँबस्तीहरू
दुश्मनका विरुद्ध धावा बोल्दै
सूर्यको किरणभन्दा तेजवान् बन्न
थालिसकेछन्
आज भोलि हाम्रा गाउँँँबस्तीहरूमा
बिहानीपख पूर्वमा जस्तै,
लाली चढ्न थालिसकेछन्
विश्वमा अग्लो सगरमाथाले झैँँ
मुस्कान दिन थालिसकेछन् ।

मालेमाको सिद्धान्तले रसिलो, ओजिलो
हाम्रा गाउँँबस्तीहरू
क्रान्तिको मसाल बोकी
थुप्रै गाउँँबस्तीहरू ब्युँझाउन
थालिसकेछन्
दुश्मनका बन्दुक खोसी
हाम्रा गाउँँबस्तीहरू
दुश्मनलाई ठोक्न थालिसकेछन्
सारा गाउँँबस्तीहरूलाई
क्रान्तिको ज्वालाले
धपक्क बाल्न थालिसकेछन्
क्रान्तिको बन्दुक बोकी
वर्गीय माया गाँस्दै गाउँँबस्तीहरू
वर्गीय युद्ध लड्दै
जनवाद समाजवाद हुँदै
साम्यवादतिर लम्किसकेछन् ।
स्रोत : रातो खबर साप्ताहिक
२०७४ फागुन २६ गते अपरान्ह ५ : ४३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :