धादिङमा प्रलेस गठन

काठमाडौं : प्रगतिशील लेखकहरुको बिहीबारको भेलाले रमेश अधिकारीकाे  संयाेजत्वमा १७ सदस्यीय प्रगतिशील लेखक संघ जिल्ला कार्यसमिति गठन गरेको छ । प्रलेसका केन्द्रीय उपाध्यक्ष एवम् तीन नम्बर प्रदेशका संयोजक खेम थपलियाको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले विष्णुप्रसाद कोइराला, शैलेन्द्र अधिकारी, माधव गुरुङ, सिर्जना अर्याल, हरि सुनार, गीता अधिकारी, रुपेश अधिकारी, गोविन्द बुढाथोकी, शिवप्रसाद देवकोटा, बद्री अधिकारी, केशव दुवाडी, सविता अर्याल, सङ्गीता राना, गायत्री खतिवडालगायत रहेको १७ सदस्यीय जिल्ला सम्मेलन आयोजक समितिको गठन भएको हो । भेलाले धादिङ जिल्लामा कला–साहित्यको उन्नयन सम्बन्धी विभिन्न समसामयिक निर्णय पनि गरेको छ ।

२०७४ फागुन २५ गते अपरान्ह ३  : ०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :