क्रान्तिकारीे रुपन्देहीको २२औं जिल्ला सम्मेलन सम्पन्न / अध्यक्षमा गैरे

काठमाडौं : अखिल क्रान्तिकारी रुपन्देहीको २२औं जिल्ला सम्मेलन बुटवलमा सम्पन्न भएको छ । सम्मेलनले रमेश गैरेको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । सम्मेलनको उद्घाटन गर्दै अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य एवं लुम्बिनी व्युरो संयोजक प्रेमचन्द्र भुसालले शिक्षामा आमुल परिवर्तनका लागि राज्यसत्ता बदलिनुपर्ने बताए । उनले शैक्षिक संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना भएको भन्दै देश सर्टिफिकेट सिरानीमा हालेर विदेशीनु परेको बताए । यसका विरुद्ध देशमा समाजवादी शिक्षा हुनुपर्ने भन्दै त्यसले मात्रै देश समृद्ध हुने बताए । उनले संगठनका महासचिव दीपेन्द्र चलाउनेलाई दलाल राज्यसत्ताले बिनाकारण गिरफ्तार गरी हिरासतमा राखेकोमा आपत्ति जनाउदै तत्काल रिहा गर्न माग गरे । सम्मेलनमा शुभकामना मन्तब्य दिदैं नेकपा रुपन्देही इन्चार्ज शरद ओलीले शैक्षिक संस्थाहरु क्रान्तिको कारखाना भएको भन्दै आजको शिक्षालाई श्रमसंग जोड्नुपर्ने बताए । सेक्रेटरी अमर आरसीले अखिल क्रान्तिकारी शैक्षिक मुद्दाहरुका साथै संगठन निर्माण ध्यानदिनुपर्ने बताए । सम्मेलनमा अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सदस्य एवं लुम्बिनी व्युरो संयोजक कल्पना सुवेदी, अखिल नेपाल जनसांस्कृतिक महासंघ केन्द्रीय सदस्य एवं लुम्बिनी व्युरो संयोजक खोमा तरामु मगर, अखिल क्रान्तिकारी पाल्पाका अध्यक्ष मुक्ति गैरे, अखिल क्रान्तिकारी नवलपुरका अध्यक्ष नविन खड्काले शुभकामना दिएका थिए । कार्यक्रममा लिला राना मगर र श्रीराम बस्यालले सिर्जना वाचन गरेका थिए । रमेश गैरेको अध्यक्षता, गोपाल रोकाको संचालन, शारदा भण्डारीको स्वागत र प्रेमचन्द्र भुसालको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको थियो ।
२०७४ फागुन २५ गते दिउँसो १ : ५२मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :