दलाल सत्ताको समाप्ति भएर नयाँ जनवादी सत्ता प्राप्त नभएसम्म महिला हिँसा समाप्त हुदैन – सावित्रा दुरा ‘आस्था’


रमाकान्त बास्तोला / पोखरा : नेपाल कम्युनिष्ट पार्टी केन्दीय समिति सदस्य एबम् गण्डक ब्युरो इन्चार्ज सावित्रा दुरा ‘आस्था’ले दलाल सत्ताको समाप्ति भएर नयाँ जनवादी सत्ता प्राप्त नभएसम्म महिला हिँसा समाप्त नहुने बताउनुभएको छ । अखिल नेपाल महिला संघ क्रान्तिकारी गण्डक ब्युरो समन्वय समिति द्वारा आयोजीत बिहीबार पोखरामा भएको १०८आंै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा मन्तव दिदै उक्त भनाई राख्नुभएको हो । यसैबीच कार्यक्रममा मन्तव राख्दै महिलाहरुको हक अधिकार दलाल राज्यसत्ता र पुरुषप्रधान समाजको दोहोरो तरहले थिचोमिचोमा पारिएको र श्रमजीवी महिलाको बारेमा राज्यले र दलाल समुहले जतिसुकै महिला मुक्तिको आवाज बुलंम्द गरेपनि उनीहरुको उक्त आवाज बिदेशी डलर कुम्ल्याउने आसय हुदाँ महिलाहरुको आफ्नो हक अधिकार गुमेको कारण नयाँ संकल्प गर्दै अगाडी बढ्न संगठित भएर लाग्नुपर्ने बताउनुभएको थियो । यस्तै राज्यको प्रमुख ठाउँमा पुगेका महिलाहरुलाई इंकित गर्दै उहाँले भन्नुभयो “राज्यको जुनसुकै निकायमा महिला पुगेपनि महिलाहरुको स्थिति नाजुक बन्दै गएको छ र दिनहुँ बलात्कार, बोक्सीप्रथा र छाउ जस्ता अमानवीय घटना दिनदिनै आईरहने गर्दछ, यसको कारण दलाल राज्यले महिलाहरुलाई प्रयोग गरी महिलामाथि दमन र उत्पीडनमा राख्ने आशय हो ।”

यस्तै कार्यक्रममा बोल्दै अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय कोशाध्यक्ष प्रतिमा गहतराजले गाउँ–गाउँमा महिलाहरुलाई अलमलाएर पुँजीवादीहरुले भ्रममा पारी विभिन्न बैंक तथा वित्तीय सस्था वा सहकारीहरूले महिलामाथि उत्पीडन थपी महिलामाथि शोषण, दमन गर्दै उठ्नै नसक्ने गरी फसाइरहेको आरोप लगाउनु भएको थियो । यसरी नयाँ–नयाँ तरिकाले महिलाहरुलाई फसाइरहेको हुँदा यो राज्यसत्ता र दलालहरु बिरुद्द, आफु माथि भएको उत्पीडनको बिरुद्ध नयाँ तरिकाले सोच्दै संगठित हुदैँ अगाडी बढ्नुपर्ने बताउनुभयो ।

पोखराको जनप्रिय क्याम्पस पोखरामा अखिल नेपाल महिला संघ क्रान्तिकारीकी ब्युरो संयोजक अन्जु हमालको अध्यक्षतामा नेकपा केन्द्रीय सदस्य एवं गण्डक ब्युरो इन्चार्ज सावित्रा दुराको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय कोशाध्यक्ष प्रतिमा गहतराज र गण्डक ब्युरो सदस्य तथा कास्की जीला इन्चार्ज कृष्ण वाग्ले लगायत बिभिन्न जनवर्गीय संगठनका प्रतिनिधिहरु साथै महिलाहरुको उल्लेखनीय उपस्थिति सहित भब्यताका साथ सम्पन्न गरेको थियो ।

२०७४ फागुन २५ गते दिउँसो १ : १२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :