यसरी मनायो कोशी ब्युरोले महिला दिवस

इटहरी : अनेम संघ क्रान्तिकारी कोशी व्युरो समन्वय समितिको आयोजनामा १०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रम सुनसरीको इटहरीमा सम्पन्न भएको छ । सयौं महिलाहरूको सहभागीतामा र्‍यालीसहित इटहरीको मुख्य चोक परिक्रमा गरि सभामा परिणत भएको कार्यक्रमलाई संगठनको केन्द्रीय सचिवालय सदस्य तथा कार्यक्रमको प्रमुख अतिथि मनु अछामीले सम्बोधन गर्नु भयो । अछामीले ८ मार्च अर्थात अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको ऐतिहासिकताको बारेमा चर्चा गर्दै नेपालको सन्दर्भमा यतिबेला यो दिवसलाई महिला मुक्तिका लागि संघर्षको रूपमा आत्मसात गर्नु पर्नेमा जोड दिनु भयो । श्रमिक महिला दिवस समाजवादी महिला आन्दोलनले संस्थागत गरि स्थापित गरेको हुँदा यश दिनलाई पुजीवादी एवं दलाल पुजीवादी राज्य व्यवस्थाले श्रमिक महिला दिवसको मर्मलाई सम्बोधन गर्न सक्दैन ! त्यसैले यसलाई वैज्ञानिक समाजवादी राज्य सत्ताले मात्रै संसारका उत्पीडित महिलाहरुको हक र अधिकारलाई सुनिश्चित गर्न सक्ने बताउनु भयो । साथै नेपाल कम्युनिस्ट पार्टी माथि यो सरकारले सुरु गरेको दमन बन्द गर्न अपिल गर्दै घोर भत्सर्ना गर्नु भयो । दमनबाट प्रतिरोध संघर्ष निम्त्याउने र प्रतिरोधले क्रान्ती जन्माउने चेतावनी दिनु भयो । कार्यक्रमलाई केस. खड्गा राईले संचालन गर्नु हुँदै वैज्ञानिक समाजवाद अबको हाम्रो बाटो भएको कुरा राख्नु भयो । कार्यक्रममा सुनिता राईले स्वागत मन्तव्य राख्नुभयो भने केन्द्रीय सदस्य तथा मोरङ अध्यक्ष जमुना भण्डारीको अधक्षतामा कार्यक्रम सम्पन्न भयो ।
२०७४ फागुन २५ गते बिहान १२ : ४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :