थबाङले मनायो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

रोल्पा : अखिल नेपाल महिला संघ क्रान्तिरकारी राप्ती ब्युरोको आयोजनामा रोल्पाको थवाङमा १०८औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस बिहीबार सम्पन्न भएको छ । अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष वन्धु चन्दको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा सोही संगठनका केन्द्रीय उपाध्यक्ष सम्झना घर्ती र नेपाल कम्युनिस्ट पार्टीका रोल्पा जिल्ला सेक्रेटरी प्रयासको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि चन्दले जनयुद्धमा ठूलो वलिदानी दिएका महिलाहरुले पूर्ण मुक्ती नपाएको औल्याउदै निरन्तर क्रान्ति बिना महिला मुक्ति सम्भव नरहेको बताउनु भयो । एकीकृत जनक्रान्तिले मात्र देशका सबै खालका समस्या हल गर्ने बताउदै अध्यक्ष चन्दको भनाई थियो । एकाध महिलाको वर्ग उत्थान र हैसियतमा रुपान्तरण हुदैमा समग्र महिलाको अवस्था रुपान्तरण भयो हास्यास्पद हुने तर्क गर्नु भयो । अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सदस्य हेमन्ता वुढाथोकीको अध्यक्षता रहेको कार्यक्रमको संचालन अर्का केन्द्रीय सदस्य जानकी दहितले गर्नु भएको थियो । कार्यक्रमा स्थानीय कलाकारहरुले गाजावाजा सहित झाँकी प्रदर्शन गरेका थिए ।
२०७४ फागुन २५ गते बिहान ११ ४३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :