नगरपालिका कार्यालयमा बम विस्फोट

काठमाडौं : बर्दियाको गुलरीयामा गएराती बम विस्फोट भएको छ । गुलरीया नगरपालिका वडा नं ९ को कार्यालयमा बम विस्फोट भएको हो । बम विस्फोटको बारेमा जानकारी दिदै एक स्थानीय वासिन्दाले माओवादी केन्द्रबाट ९ नम्वर वडाका अध्यक्ष बनेका अध्यक्ष हरि पार्सीले बाढि पिडितको नाममा आएको ६३ लाख रुपैया हिनामिना गरेकोले आक्रोसीतहरुले नै बम विस्फोट गराएको हुनसक्ने बताए । सोही विषयलाई लिएर आफुविरुद्ध जिल्ला प्रशासन कार्यालयमा किटानी जाहेरी दिएको भन्दै वडा अध्यक्ष हरिले स्थानीय पाँच जना महिलाहरुलाई अपहरणको प्रयास गरेको पनि ति स्थानीयले बताए । विस्फोटबाट कुनै मानिविय क्षति नभएको बताइको छ ।

२०७४ फागुन २५ गते शुक्रबार बिहान ८ :४५ मा प्रकाशीत

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :