देशैभर महिलाहरुले १०८औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनायाे

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी) निकटका महिला संगठनहरुले देशैभर संयुक्त रुपमा ¥याली र कोणसभासहित १०८औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम सम्पन्न गरेका छन् । अनेमसंघ क्रान्तिकारी र अनेमसंघ (क्रान्तिकारी)को केन्द्रीय समितिको आयोजनामा बिहीबार काठमाडौंको शान्तिवाटिकामा ¥याली सभाको कार्यक्रम सम्पन्न गरिएको छ । क्रान्तिकारी महिलाहरुले १०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश भव्य रुपले सफल पारौं, महिलाहरुमाथि हुने सम्पूर्ण उत्पीडनको विरुद्ध संघर्ष गरौं, समान कामको समान ज्याला लागु गर, पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर, राज्यसत्ताको सम्पूर्ण अंगहरुमा विशेष अधिकार सहित समानुपातिक प्रतिनीधित्वको ग्यारेण्टी गर, पैत्रिक सम्पत्तिमा विनासर्त समान अधिकारको कानुन बनाई लागु गर, चेलीबेटी बेचविखन पूर्ण रुपमा बन्द गर, वैदेशिक रोजगारीको नाउमा हुने मानव तस्करी बन्द गर, महिलाहरु माथि हुने हत्या, हिंसा, बलत्कार बन्द गर, आमाको नाउमा नागरिकता पाउने कानुनी व्यवस्थालाई सर्वशुलभ रुपमा लागु गर, वैदेशिक रोजगारीमा गएका आफ्ना नागरिकहरुको पेशागत र जीउ धनको सुरक्षाको ग्यारेण्टी गर, वैदेशिक रोजगारीको क्रममा आर्थिक, शारीरिक र मानसिक उत्पीडनमा परेका महिलाहरुलाई अविलम्ब उद्धार गर, विभिन्न देशका वेश्यालयहरुमा बेचिएका नेपाली चेलीहरुको अविलम्ब स्वदेश फिर्ता गरी सामाजिक रुपमा पूर्नस्थापना गर, बालिकाहरुमाथि हुने गरेका बलत्कारका पाशविक घटनाहरुको छानवीन गरी अपराधीलाई हदै सम्मको कारबाही गरलगायतका नारा सहितको ¥याली शान्ति बाटिकाबाट शुरु भई पुरानो बसपार्क, शहीद गेट, सुन्धारा, न्युरोड गेट, वीर हस्पीटल हुँदै शान्ति बाटिकामा पुगेर सभामा परिणत भएको थियो । उक्त सभालाई नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सीपी गजुरेले यो शासक वर्गले जनताले लडेर ल्याएको अधिकारमाथि दमन गर्छ भने अब फेरी नेपालमा हतियार उठाउन बाध्य हुने बताएका छन् । नेता गजुरेलले पार्टी एकताको लागि अहिले संयुक्त कार्यगत एकता भएको यसका लागि कार्यकर्ताहरुलाई पनि अगाडी बढ्नसमेत निर्देशन दिएका छन् । नेकपाकी महिला नेतृ सरला रेग्मीले महिलाहरुमाथि असमान व्यवहार जारी रहेको बताएकी छन् । उनले महिला अधिकार पाउनको लागि आम उत्पीडित महिलाहरु एक भई संघर्षको मैदान अघि बढ्नु पर्ने समय आएको बताइन् । अतिथिमा नेकपाका केन्द्रीय सदस्य आजदले पनि कार्यक्रमा बोलेका थिए । कार्यक्रममा लक्ष्मी मुडभरीले अध्यक्षता गरेको उक्त सभाको सञ्चालन धिरिन्द्रा उपाध्याय ‘भृकुटी’ गरेकी थिइन । यसैगरी अखिल नेपाल महिला संघ क्रान्तिकारी कैलालीद्वारा आयोजित १०८औं अन्तर्राष्ट्रिय नारी दिवस टीकापुरमा सुरु भएको समाचार प्राप्त भएको छ । यसैगरी अखिल नेपाल महिला संघ क्रान्तिकारीको आयोजनामा सुनसरीको इटहरी चोकमा कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार १०८औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नाराजुलुससहित कायक्र्रम सम्पन्न गरेको हो ।

यसैगरी अखिल नेपाल महिला संघ क्रान्तिकारी चितवनले १०८औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम सम्पन्न गरेको छ । भरतपुरको पारश बसपार्कबाट जिल्ला प्रशासन कार्यालय, निर्वाचन कार्यालय हुँदै हाकिमचोकको नमेस्ते पार्टीमा सयौं जुलुशसहितको कार्यक्रममा प्रमुख अतिथिको रुपमा संगठनकी केन्द्रीय सचिव सविता तामाङ सहभागीतामा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख तामाङले वैज्ञानिक समाजवाद स्थापनाको विषयसँग पनि जोडिने भएकाले अनिवार्य संसारभरका श्रमिक–उत्पीडित महिलाहरूले आफ्नो समान अधिकारका लागि पुँजीवादको अन्त्य वा ध्वंसको विषयसँग पनि जोडेर हेर्नु–बुझ्नु अनिवार्य रहेको बताइन् । नेतृ तामाङले सम्पूर्ण महिला पुँजीवादको अन्त्यका लागि एकताबद्ध हुँदै वैज्ञानिक समाजवादी व्यवस्थाका लागि संघर्षमा होमिनु पनि अपिल गरेकी छन् ।

अतिथिहरुमा चितवन इन्चार्ज लालबहादुर बिसी, सेक्रेटरी धुर्ब खड्कालगायत उपस्थिति रहेका छन् । सभाअध्यमा संगठनकी केन्द्रीय सदस्य रेखा, सञ्चालन शिसम शाहीले गरेकी छन् ।

२०७४ फागुन २४ गते साँझ ६ : ५४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :