चितवनमा १०८औं श्रमिक महिला दिवस सम्पन्न

काठमाडौं :  अखिल नेपाल महिला संघ क्रान्तिकारी चितवनले १०८औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम सम्पन्न गरेको छ । भरतपुरको पारश बसपार्कबाट जिल्ला प्रशासन कार्यालय, निर्वाचन कार्यालय हुँदै हाकिमचोकको नमेस्ते पार्टीमा सयौं जुलुशसहितको कार्यक्रममा प्रमुख अतिथिको रुपमा संगठनकी केन्द्रीय सचिव सविता तामाङ सहभागीतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख तामाङले वैज्ञानिक समाजवाद स्थापनाको विषयसँग पनि जोडिने भएकाले अनिवार्य संसारभरका श्रमिक–उत्पीडित महिलाहरूले आफ्नो समान अधिकारका लागि पुँजीवादको अन्त्य वा ध्वंसको विषयसँग पनि जोडेर हेर्नु–बुझ्नु अनिवार्य रहेको बताइन् ।

नेतृ तामाङले सम्पूर्ण महिला पुँजीवादको अन्त्यका लागि एकताबद्ध हुँदै वैज्ञानिक समाजवादी व्यवस्थाका लागि संघर्षमा होमिनु पनि अपिल गरेकी छन् अतिथिहरुमा चितवन इन्चार्ज लालबहादुर बिसी, सेक्रेटरी धुर्ब खड्कालगायत उपस्थिति रहेका छन् । सभाअध्यमा संगठनकी केन्द्रीय सदस्य रेखा, सञ्चालन शिसम शाहीले गरेकी छन् ।

२०७४ फागुन २४ गते दिउँसो ३ : ३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :