देशैभर महिलाहरुले १०८औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउदै

फाइल : तस्विर

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी) निकटका महिला संगठनहरुले देशैभर संयुक्त रुपमा ¥याली र कोणसभासहित १०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरु गरेका छन् । अनेमसंघ क्रान्तिकारी र अनेमसंघ (क्रान्तिकारी)को केन्द्रीय समितिको आयोजनामा बिहीबार काठमाडौंको शान्तिवाटिकामा ¥याली सभाको कार्यक्रम सुरु गरिएको छ । सैयौं क्रान्तिकारी महिलाहरु सहभागी हुने यो कार्यक्रमलाई नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सीपी गजुरेल, नेकपाकी पोलिटब्युरो सदस्य उमा भुजेल लगायत दुवै संगठनका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

क्रान्तिकारी महिलाहरुले १०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश भव्य रुपले सफल पारौं, महिलाहरुमाथि हुने सम्पूर्ण उत्पीडनको विरुद्ध संघर्ष गरौं, समान कामको समान ज्याला लागु गर, पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर, राज्यसत्ताको सम्पूर्ण अंगहरुमा विशेष अधिकार सहित समानुपातिक प्रतिनीधित्वको ग्यारेण्टी गर, पैत्रिक सम्पत्तिमा विनासर्त समान अधिकारको कानुन बनाई लागु गर, चेलीबेटी बेचविखन पूर्ण रुपमा बन्द गर, वैदेशिक रोजगारीको नाउमा हुने मानव तस्करी बन्द गर, महिलाहरु माथि हुने हत्या, हिंसा, बलत्कार बन्द गर, आमाको नाउमा नागरिकता पाउने कानुनी व्यवस्थालाई सर्वशुलभ रुपमा लागु गर, वैदेशिक रोजगारीमा गएका आफ्ना नागरिकहरुको पेशागत र जीउ धनको सुरक्षाको ग्यारेण्टी गर, वैदेशिक रोजगारीको क्रममा आर्थिक, शारीरिक र मानसिक उत्पीडनमा परेका महिलाहरुलाई अविलम्ब उद्धार गर, विभिन्न देशका वेश्यालयहरुमा बेचिएका नेपाली चेलीहरुको अविलम्ब स्वदेश फिर्ता गरी सामाजिक रुपमा पूर्नस्थापना गर, बालिकाहरुमाथि हुने गरेका बलत्कारका पाशविक घटनाहरुको छानवीन गरी अपराधीलाई हदै सम्मको कारबाही गरलगायतका नाराका साथ कार्यक्रम हुँदै छ । यसैगरी अखिल नेपाल महिला संघ क्रान्तिकारी कैलालीद्वारा आयोजित १०८औं अन्तर्राष्ट्रिय नारी दिवस टीकापुरमा सुरु भएको समाचार प्राप्त भएकाे छ । यसैगरी अखिल नेपाल महिला संघ क्रान्तिकारीको आयोजनामा सुनसरीको इटहरी चाेकमा हुँदै गरेको १०८औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नाराजुलुससिहत कायर्त्रफम सुरू भएको छ । यसैगरी अखिल नेपाल महिला संघ क्रान्तिकारी चितवनले १०८औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम सम्पन्न गरेको छ । यसैगरी अखिल नेपाल महिला संघ क्रान्तिकारी चितवनले १०८औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम सम्पन्न गरेको छ । भरतपुरको पारश बसपार्कबाट जिल्ला प्रशासन कार्यालय, निर्वाचन कार्यालय हुँदै हाकिमचोकको नमेस्ते पार्टीमा सयौं जुलुशसहितको कार्यक्रममा प्रमुख अतिथिको रुपमा संगठनकी केन्द्रीय सचिव सविता तामाङ सहभागीतामा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख तामाङले वैज्ञानिक समाजवाद स्थापनाको विषयसँग पनि जोडिने भएकाले अनिवार्य संसारभरका श्रमिक–उत्पीडित महिलाहरूले आफ्नो समान अधिकारका लागि पुँजीवादको अन्त्य वा ध्वंसको विषयसँग पनि जोडेर हेर्नु–बुझ्नु अनिवार्य रहेको बताइन् । नेतृ तामाङले सम्पूर्ण महिला पुँजीवादको अन्त्यका लागि एकताबद्ध हुँदै वैज्ञानिक समाजवादी व्यवस्थाका लागि संघर्षमा होमिनु पनि अपिल गरेकी छन् ।

अतिथिहरुमा चितवन इन्चार्ज लालबहादुर बिसी, सेक्रेटरी धुर्ब खड्कालगायत उपस्थिति रहेका छन् । सभाअध्यमा संगठनकी केन्द्रीय सदस्य रेखा, सञ्चालन शिसम शाहीले गरेकी छन् ।

२०७४ फागुन २४ गते मध्यान्न १२ : ४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :