क्रान्तिकारीको जिल्ला सम्मेलन सम्पन्न / अध्यक्षमा कुलराज बन्जाडे

अनिल नेपाली / अर्घाखाँची : अखिल (क्रान्तिकारी)को अर्घाखाँचीको २५औं जिल्ला सम्मेलन सन्धिखर्कमा सम्पन्न भएको छ । सम्मेलनबाट कुलराज बन्जाडे अध्यक्ष रहेको १५ सदस्यीय जिल्ला समितिको गठन गरिएको छ । जसको सचिवमा विष्णु राउत र कोषाध्यक्षमा हिमा कुँबर रहेका छन् । सम्मेलनमा क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी ब्युरो प्रमुख प्रेमचन्द्र भुसाल र नेकपा अर्घाखाँचीका सेक्रेटरी खेम घर्तीले कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अथिति भुसालले शिक्षामा विदेशी हस्तक्षेप बढ्दै गएकोे र शिक्षा दलालीकरण भ्रष्टाचारकोे व्यापारको उदगम स्थलका रुपमा चिनिएकोले त्यसलाई जोगाउनका लागि सम्पूर्ण विद्यार्थीहरु एक हुनुपर्ने बताएका थिए । यसरी मन्तव्य राख्नेमा जिल्ला सेक्रेटरी खेम घर्ती मगर, जिल्ला सल्लाकार टामलाल बस्याल ‘प्रबास’लगायतका नेताहरुले कार्यक्रममा मन्तव्य राख्दै शिक्षामा आमुल परिवर्तन देशमा दक्ष जनशक्ति उत्पादन गर्नका वैज्ञानिक र व्यवहारिक शिक्षाको आवश्यकता पर्ने भएकोले सम्पूर्ण परिवर्तनकारी र युगान्तकारी विद्यार्थीहरु एक हुनुपर्ने बताएका थिए ।
नवनिवार्चित जिल्ला अध्यक्ष कुलराज बन्जाडे कार्यक्रममा मनतव्य राख्दै जिल्लामा शिक्षामा रहेको व्यापार अन्त्यको लागि आफु अध्यक्ष रहेको धाराणा व्यक्त गरे । कार्यक्रम विष्णु राउतको सञ्चालनमा सम्पन्न भएको थियो ।
२०७४ फागुन २३ गते बेलुका ११ : २६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :