वरिष्ठ साहित्यकार शर्मा रहेनन्

sharmaकाठमाडौं : २४ वैशाख, वरिष्ठ प्रगतिशील साहित्यकार श्यामप्रसाद शर्माको आज बिहान ४ बजे निधन भएको छ ।

अल्जाइमरलगायत रोगबाट पीडित ९८ वर्षीय शर्माको कमलपोखरीस्थित आफ्नै निवासमा निधन भएको हो ।

प्रगतिशील लेखक संघका संस्थापक अध्यक्षसमेत रहेका शर्मा राणा शासन विरोधी आन्दोलनका लागि सत्याग्रह आन्दोलनमा समेत सामेल भएका थिए ।

१९८६ सालमा जन्मिएका शर्मा बाम आन्दोलनका एक हस्ती समेत हुनुहुन्थ्यो ।

शर्माको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बिहान १० देखि दिउँसो २ बजेसम्म नेपाल प्रज्ञाप्रतिष्ठानमा राखिने र ३ बजे पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरिनेछ ।

शर्माका बहिनीलाई चिठी (२००८) र (२०१२), तँ, तिमी, तपाईं, हजुर (२०१४), मेरो आमा (२०२३), थुनुवाको डायरी (२०३८) चर्चित कृति हुन् ।

इ–रातो खबर उहाँ प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति सहानुभूति प्रकट गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :