भाजपाद्वारा लेनिनको शालिकमाथि ताेडफोड

काठमाडौं : भारतको त्रिपुराराज्यमा भारतीय जनता पार्टी बिजेपीका कार्यकर्ताले रुसी क्रान्तिका नायक व्लादिमीर लेनिनको शालिकमाथि तोडफोड गरेका छन् । कम्युनिस्ट किल्ला  मानिएकाे त्रिपुरामा बिजेपीले चुनाव जितेपछि हिंसा भड्किएको हो । एसपी कमल चक्रवर्तीले बिजेपीका समर्थकले डोजर लगाएर लेनिनको शालिक ढालेको बताएका छन् । प्रहरीले डोजरसहित चालकलाई पक्रेको समाचार छ । साम्यवादी विचारधारका नायक लेनिनको शालिक तोडफोड भएपछि वामपन्थी दलहरु पनि प्रतिकारमा उत्रेका छन् । चुनावी परिणामपछि त्रिपुरा राज्यका विभिन्न ठाउँमा तोडफोड र झडप भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भाजपाका कार्यकर्ताले वामपन्थी नेता कार्यकर्ताको घरलाई आक्रमणको निशाना बनाएका छन् ।

२०७४ फागुन २२ गते बिहान ११ : २५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :